काठमाडौं । नेपाल स्टक एक्स्चेञ्जमा विभिन्न ४ वटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नबिल बैंक, सिद्धार्थ बैंक लगायत अन्य दुई संस्थाको गरी कूल २ करोड ६ लाख ३ हजार ९ सय ४६ कित्ता बोनस सेयर नेप्सेमा थपिएका हुन् । जसमध्ये नबिल बैंकको एक करोड ८ लाख ५६ हजार ५ सय २० कित्ता बोनस सेयर नेप्सेमा थपिएको छ ।
त्यस्तै, सिद्धार्थ बैंकको ९० लाख एक हजार ६ सय २६ कित्ता बोनस सेयर नेप्सेमा थपिएको छ । विकास बैंकतर्फबाट कञ्चन डेभलपमेन्ट बैंकको ५ लाख ३१ हजार ३ सय कित्ता र सबैको लघुवित्त वित्तीय संस्थाको २ लाख १४ हजार ५ सय कित्ता बोनस सेयर सोमबार नेप्सेमा सूचीकृत भएका हुन् ।