free website hit counter

चार जनाको दाबी भुक्तानी, साढे चार लाख बढीले गरे कोरोना बीमा

beemaadmin
२०७७ असार ५, शुक्रबार

काठमाडौं । महामारीको जोखिम समेत उठाउने हिम्मतका साथ शुरु भएको कोरोना बीमालेखमा उत्साहजनक सहभागिता देखिएको छ । अहिलेसम्म कोरोना बीमालेख खरिद गर्नेको संख्या साढे ४ लाख बढी रहेको बीमा समितिले जनाएको छ । असार २ गतेसम्ममा २० निर्जीवन बीमा कम्पनीहरुले ४१ हजार ४६८ बीमालेख मार्फत ४ लाख ५१ हजार ९१८ जनालाई कोरोना बीमामा समेटेका हुन् । त्यसबाट २४ करोड ८९ लाख २४ हजार ८६९ रुपैयाँ कुल बीमाशुल्क सङ्कलन भएको छ । निर्जीवन बीमा कम्पनीहरुले बीमा समितिको निर्देशन अनुसार वैशाख ७ गतेदेखि कोरोना बीमालेख बिक्री शुरु गरेका थिए । यसबीचमा निर्जीवन बीमा कम्पनीहरुले दायित्व बहन गर्न नसकिने भन्दै रोकिएको थियो । सरकारले बजेटमा समेत प्राथमिकतामा राखेको कारोना बीमा रोक्न बीमा समितिले निर्देशन दिएपछि अर्थमन्त्रालय,बीमा समिति र बीमङ्क संघबीच रातारात छलफल भएको थियो । त्यस पछि सरकारले समेत दायित्व वहन गर्ने भएपछि पुनः सुचारु गर्न समितिले निर्देशन दिएको थियो ।
आगामी आर्थिक वर्षदेखि कोरोना बीमाको सामुहिक बीमा गर्दा लाग्ने बीमाशुल्कमा ५० प्रतिशत सरकारले व्योहोर्ने बजेटमा उल्लेख छ । दाबीका लागि भने बीमा शुरु भएको १५ दिनसम्म प्रतिक्षा अवधि रहनेछ। दाबी भुक्तानीका लागि कोरोना भाइरस पुष्टि हुने पीसीआर नतिजा पोजेटीभ हुन साथ दाबीमा गर्न सकिनेछ।
कोरोना बीमा दाबीवापत हाल सम्म ४ जनाले भुक्तानी दिएको बीमा समितिले जनाएको छ । नेको इन्स्योरेन्समार्फत बीमा गरेका कृषि विकास बैंकका कर्मचारीलाई दाबी भुक्तानी गरिएको हो । बैंकको शाखा कार्यालय पुर्कोट दह, गुल्मीमा कार्यरत कर्मचारी ओम बहादुर डाँगीलाई प्रदेश जनस्वास्थ्य प्रयोगशाला, भैरहवामा गरेको स्वाब परीक्षणबाट कोरोना भाईरसको संक्रमण पुष्टि भएको थियो। बैंकले आफ्नो कर्मचारीको बीमाको दाबी गरेपछि कम्पनीले कोरोना बीमा बापत एक लाख रुपैयाँ भुक्तानी गरेको थियो ।
यस्तै आइएमई जनरल इन्स्योरेन्सले पनि कोरोना बीमा वापत एउटा दाबी भुक्तानी गरको छ । इन्स्योरेन्सले नारायणी हस्पिटल चितवनमा कार्यरत एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि दाबी बापतको एक लाख रुपैयाँ भुक्तानी गरेको थियो । यस्तै थप दुई जनालाई गरी हाल सम्म कुल ४ जनालाई दाबी भुक्तानी गरिएको समितिले जनाएको छ ।

सम्बन्धित समाचार

beemaadmin
२०८१ बैशाख २७, बिहीबार