free website hit counter

चिकित्सकहरु तीन घण्टासम्म कब्जामा

beemaadmin
२०७६ मंसिर ९, सोमबार

काठमाडौं । भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले भक्तपुर क्यान्सर अस्पतालका नवनियुक्त कार्यकारी निर्देशक डा. दिपेश धिताल, उपकार्यकारी निर्देशकद्वय डा. अजय झा र उत्सवमान श्रेष्ठलाई आङ्खनै कार्यकक्षमा तीन घण्टासम्म कब्जामा लिएका छन् । आइतबार साँझ सात बजेसम्म मेयर प्रजापतिले तीन जना पदाधिकारीलाई तत्काल क्यान्सर अस्पतालको काम कारबाही स्थगित गर्ने शर्तमा हस्ताक्षर गराएर मात्रै कब्जा मुक्त गरेको स्रोतको दाबी छ । आइतबार दिउँसो सम्मानित अदालतको आदेशअनुसार पुरानो व्यवस्थापन समितिको उपस्थितिमा पदबहाली गरेका पदाधिकारीलाई त्यसलगत्तै मेयर प्रजापतिले नगरपालिकामा बोलाएर जुनसुकै हालतमा नियुक्ति फिर्ता गर्न दबाव दिएका थिए ।

जनप्रतिनिधिजस्तो सम्मानित व्यक्तिले अस्पतालको विवादलाई मिलाउन अग्रसर हुनुपर्नेमा अस्पताल व्यवस्थापन समितिले नियमबमोजिम गरेको नियुक्तिलाई नै खारेज गर्न दबाव दिनुले कानुनी राज्यमाथि नै चुनौती खडा भएको छ । शनिबार अस्पताल व्यवस्थापन समितिका कावा अध्यक्ष महेशमान श्रेष्ठको सभापतित्वमा बसेको बैठकले अस्पतालको रिक्त कार्यकारी अधिकृतमा रुपेश शिल्पकारलाई नियुक्त गर्दै बाँकी पदाधिकारीको नियुक्ति गरिएको थियो । आइतबार व्यवस्थापन समितिको उपस्थितिमा नवनियुक्ति पदाधिकारीहरुले पद बहाली गरेको समयमा मेयर प्रजापतिले केही आफ्ना वरपरका मान्छे उकासेर अस्पताल प्राङ्गणमा नारा जुलुस गराउन लगाएका थिए ।

सो क्रममा सामान्य तोडफोड समेत भएको थियो । अस्पतालजस्तो संवेदनशील क्षेत्रमा जनप्रतिनिधिकै निर्देशनमा नाराजुलुस र तोडफोड हुनु खेदजनक कार्य हो । दिउँसो पदबहाली सकिएलगत्तै मेयर प्रजापतिले नवनियुक्ति पदाधिकारीहरुलाई कार्यालयमा आउन धम्कीपूर्ण भाषामा निर्देशन दिएका थिए । कार्यालय पुगेका पदाधिकारीहरुलाई तत्काल पद छाड्न निर्देशन दिए पनि उनीहरुले भने अस्पतालको नगरपालिकाको हस्तक्षेपपछि झन धरासायी बन्दै गएको भन्दै यस्तो निर्णयमा आफूहरुले साथ दिन नसक्ने अडान राखेपछि आफूलाई ४८ घण्टाको समय दिन मेयर प्रजापतिले माग गरेका थिए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार