काठमाडौं । नेपाल चिकित्सक संघले नयाँ नेतृत्व पाएको छ । संघको २८औं कार्यसमितिका लागि भएको निर्वाचनमा विजयी भएकाहरुलाई मंगलबार घोषणा गर्दै प्रमाणपत्र वितरण गरिएको थियो । कडा प्रतिस्पर्धाबीच लोकतान्त्रिक समूहका डा. लोचन कार्की नेतृत्वको समूह विजयी भएको छ। निर्वाचनमा देशभरबाट ६ हजार १ सय ५७ मत खसेको थियो। गत शुक्रबारदेखि सुरु भएको मतगणना मंगलबार बिहान साढे २ बजे सकिएको छ। अध्यक्षमा डा. लोचन कार्कीले आफ्ना प्रतिस्पर्धी उम्मेदवारलाई दोब्बरभन्दा बढी मतले जितेका छन्। डा कार्कीको ४ हजार १ सय ११ मत आएको छ भने पेशागत समावेशी समूहका डा. पुष्पमणि खरालको १ हजार ९ सय ७९ मत आएको थियो। डा. कार्की र खरालबीच २ हजार १ सय ३२ मतको अन्तर थियो।
नयाँ कार्यसमितिमा पेशागत समावेशी समूहबाट एक जना सदस्य विजयी भएका छन्। उक्त समूहबाट डा. लिजन महर्जन सदस्यमा विजयी भएका हुन्। डा. महर्जनले २ हजार ८ सय ७२ मत ल्याएका छन्। डा. महर्जनले लोकतान्त्रिक समूहका डा विक्रान्त ढकाललाई २ सय ८६ मतले पछाडी पार्दै विजयी भएका हुन्। ७ जना पदाधिकारी र ६ जना सदस्यसहित समितीमा १३ जना रहनेछन्।
कसले कति भोट पाए ?
अध्यक्ष
डा लोचन कार्की – ४१११ (विजयी)
डा पुष्पमणि खराल– १९७९
वरिष्ठ उपाध्यक्ष
डा रक्षा श्रेष्ठ– २२६२ (विजयी)
डा शिवप्रसाद श्रेष्ठ – ३५९५
उपाध्यक्ष
डा अनिलविक्रम कार्की – ३९४५ (विजयी)
डा रञ्जितकुमार झा – १९५४
महासचिव
डा बद्री रिजाल – २४३१ (विजयी)
डा मधुर बस्नेत – १३७८
डा दीपेन्द्र पाण्डे – १३०१
डा अजयकुमार मिश्र– ८६९
कोषाध्यक्ष
डा प्रकाश बुढाथोकी– ३२७८ (विजयी)
डा सञ्जितकुमार साह– २५७९
सहसचिव
डा निरजकुमार सिंह– ३७९० (विजयी)
डा सैलेन्द्र झा– १८९४
सहकोषाध्यक्ष
डा विश्वाराज दवाडी– ३९३५ (विजयी)
डा उदयनारायण सिंह– १९४२
सदस्यहरु
१. अमित चतुर्वेदी– १५७४
२. डा विक्रान्त ढकाल– २५८६
३. डा विपेश आचार्य– २८८०
४. डा दीपकप्रसाद कोइराला– १८६८
५. डा जगदिशचन्द्र विष्ट– १२४९
६. डा लिजन महर्जन– २८७२
७. डा नन्दाकुमारी गुरुङ– ३३१६
८. डा प्रमोद जोशी– २७९६
९. डा प्रवीणकुमार गिरी– ७४७
१०. डा राकेश कुमार साह – २३१३
११. डा रितेश थापा– ३७१७
१२. डा सञ्जिव तिवारी– ३००४
१३. डा सुमन काफ्ले – २२२६
१४. डा त्रिभुवन चन्द्र झा – १८१३