free website hit counter

चितवनको सिमलतालमा बस र ट्रक ठोकिए

beemaadmin
२०८१ भाद्र १६, आईतवार

काठमाडौं । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको भरतपुर–२९ सिमलतालमा बस र ट्रक ठोक्किएका छन्। आइतबार बिहान ७ बजेतिर बस र ट्रक ठोकिँदा केही यात्रु घाइते भएका प्रहरीले जनाएको छ। मुग्लिनबाट चितवनतर्फ आउँदैै गरेको ग २ ख ११०८ नम्बरको ट्रक र चितवनबाट काठमाडौँ जाँदै गरेको आर ०१ टि ६३७२ नम्बरको भारतीय बस आपसमा ठोकिएका जिल्ला प्रहरी कार्यालय चितवनमा सूचना अधिकारी डीएसपी भेषराज रिजालले जानकारी दिए। दुर्घटनामा ट्रक चालक धादिङको बेनीघाट रोराङ गाउँपालिका–३ का २८ बर्षीय राजन क्षेत्री घाइते भएका छन्। उनको अवस्था मध्यम रहेको रिजालले बताए। यस्तै ट्रकमा सवार बाराको आदर्श देवल गाउँपालिका–५ का ३० बर्षीय मन्ज रावल बराई र उनका ६ वर्षका छोरा आशिष रावल बराई घाइते भएका छन्। घाइतेहरुलाई उपचारको लागि अस्पताल लैजाने काम भैरहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि बसका चालक फरार छन्। उनको खोजी भइरहेको एसपी रिजालले जानकारी दिए। प्रहरीका अनुसार बसमा सवार यात्रु भने सकुशल छन्।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार