free website hit counter

चितवनमा ज्यान गुमाउने युवामा कोरोना देखिएन

beemaadmin
२०७६ चैत्र १२, बुधबार

चितवन। चितवनको भरतपुरस्थित कोरोना विशेष अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान ज्यान गुमाउने युवामा कोरोना भाइरसको संक्रमण नरहेको पुष्टि भएको छ । मृतक वीरगन्जका ३० वर्षीय सन्तोष यादवको रिपोर्ट प्राप्त भएको र रिपोर्ट हेर्दा उनमा कोरोना संक्रमण नभएको देखिएको अस्पतालका प्रमुख तथा प्रवक्ता डाक्टर भोजराज अधिकारीले जानकारी दिएका छन् ।
उनीसँगै यहाँबाट स्याम्पल लिइएका अन्य तीन जनालाई पनि प्रयोगशालाले नेगेटिभ नतिजा आएको जानकारी डाक्टर अधिकारीले दिएका छन् । कोरोनाको आशंकामा यादवको शव सोही अस्पतालमा राखिएको थियो। अब उनको शव परिवारलाई दिइनेछ । मिगौलाको रोगी रहेका उनी भरतपुर मेडिकल कलेजमा चैत ९ गते भर्ना भएकोमा सोमबार कोरोनाका आशंकामा कोरोना विशेष अस्पतालमा रिफर भएका थिए । अस्पतालले सोमबार नै कोरोनको टेस्टका लागि प्रयोगशालामा नमुना पठाएकोमा रिपोर्ट आउनुअघि नै उनको मृत्यु भएको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार