free website hit counter

चिनिया व्यवसायीको बढ्यो चासो

beemaadmin
२०७६ कार्तिक २९, शुक्रबार

काठमाडौं । छिमेकी मुलुक चीनका राष्ट्रपति सी जिनपिङले दुई दिने मैत्रीपूर्ण नेपाल भ्रमणको समापनसँगै चीनका व्यापारीहरु नेपालमा लगानी गर्न इच्छुक देखिन थालेका छन् । राष्ट्रपतिको भ्रमणले नेपालमा चीनको लगानी बढ्दै जाने अपेक्षा राखिएको बेला चीनको वातावरणमैत्री निर्माण सामाग्री उत्पादन गर्ने एउटा ठूलो कम्पनीले नेपालमा लगानी गर्न इच्छा जनाएको छ । चीनस्थित सानडोग टाइक्सिग मेशिनरी कम्पनी लिमिटेडले नेपालमा यस क्षेत्रमा लगानी गर्न इच्छा प्रकट गरेको हो ।
कम्पनीका अध्यक्ष यान पिग झागको नेतृत्वमा नेपाल आएको सात सदस्यीय टोलीले नेपालमा लगानीको वातावरण भए अर्को वर्षदेखि नै लगानी थाल्ने जनाए । अध्यक्ष झांगले नेपालमा आफूहरुले वातावरणीय निर्माण सामाग्री उत्पादन गर्ने मेशिनको उत्पादनमा लगानी गर्ने इच्छा रहेको बताए । विकाशको मूल आधार नै निर्माण सामाग्री रहेकोले चीनमा जस्तै हामी नेपालमा पनि यही क्षेत्रमा लगानी गर्न चाहन्छौं, उनले थपे, त्यसो त हाम्रो कृषि क्षेत्रमा पनि लगानी छ, त्यसकारण हुन त हामी दुवै क्षेत्रमै लगानी गर्न चाहन्छौं । १५ मिलियन डलर लगानी रहेको कम्पनीले उत्पादन गरेका मेशिनरी सामानहरु भारत, बंगलादेश, नेपाल, टुजिकिस्टानलगायतका १९ वटा देशहरुमा निर्यात भइरहेको जनाइएको छ । कम्पनीले विशेष गरेर वातावरणमैत्री निर्माण सामाग्री उत्पादन गर्ने र कृषिमा लगानी रहेको जनाइएको छ । चीनमा मुख्य कारखाना रहेको कम्पनीको लगानी चीन बाहिरको देशहरुमा रहेको जनाइएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार