free website hit counter

चिन र दक्षिण कोरियाबाट आउनेलाई १४ दिन क्वारेन्टाईन

beemaadmin
२०७६ फाल्गुन २३, शुक्रबार

टोकियो । नेपाली श्रमिकहरुको बाक्लो उपस्थिति रहेको मुलुक जापानले चिन सहित हङकङ, मकाउ र दक्षिण कोरियाबाट जापान प्रवेश गर्ने सबैलाई दुई साता क्वारेन्टाईनमा राख्ने निर्णय गरेको छ ।
बिहिबार जापान सरकारले गरेको निर्णय अनुसार यी मुलुकबाट जापान आउने व्यक्तिले अनिवार्य रुपमा दुईसाता क्वारेन्टाईनमा बस्नुपर्नेछ । यसका साथै ति देशबाट आउने यात्रुले जापान सरकारले तोकेको क्वारेन्टाईनमा बस्न जाँदा अनिवार्य मास्क प्रयोग गर्नुपर्नेछ भने सार्वजनिक यातायातका साधन प्रयोग गर्न पाउनेछैनन् । यसअघिनै भिषा उपलब्ध गराईएकालाई जापानमा स्वागत रहेपनि थप भिषामा भने कोरिया र चिनियाँ नागरिकलाई कडाई गरिने निर्णयमा उल्लेख छ ।

जापान सरकारको निर्ण अनुसार दुवै मुलुकबाट आउने बिमान अब नारिता र कान्साई अन्तर्राष्ट्रिय बिमानमा मात्र अवतरण हुने भएका छन् । यो निर्णय आगामी सोमबार मार्च ९ तारिखबाट लागूहुनेछ । निर्णय अनुसार ईरान र दक्षिण कोरियाको कोरोना भाईरस अति प्रभावित क्षेत्रका केही भूभागबाट जापान प्रवेश गर्नेमाथी प्रतिबन्ध समेत लगाईएको छ । यो निर्णय शनिवार रातको १२ बजेबाट लागूहुने निर्णयमा जनाईएको छ । आबे सरकारले कोरोना भाईरसको संक्रमण फैलन नदिने उपायहरु अवलम्बन गर्दै मास्कको उत्पादनमा सहुलियत प्रदान गर्ने भएको छ । तर अनलाईनमा मास्कको पुन विक्रिमा भने रोक लगाउने निर्णय गरिएको समाचार संस्था जापानटाईम्स अनलाईनले उल्लेख गरेको छ ।

सम्बन्धित समाचार