free website hit counter

चीनको लागि भारतको जासुसी गरेको आरोपमा भारतले समात्यो नेपाली

beemaadmin
२०७७ आश्विन ३, शनिबार

नयाँदिल्ली । अहिले नेपालका दुई छिमेकी मुलुक भारत र चीनबीच सीमा विवादका कारण सम्बन्ध चिसिएको छ । यही बेला दिल्ली पुलिसले चीनको लागि जासुसी गरेको र भारतको गोप्य सूचना चीनलाई दिएको आरोपमा एक जना नेपाली नागरिकलाई पक्राउ गरेको छ । यसअघि दिल्ली पुलिसले शुक्रबार एक स्वतन्त्र पत्रकार राजीव शर्मालाई पक्राउ गरेको बताएको थियो । पुलिसले शर्मासँग अत्यन्तै संवेदनशील दस्तावेज पाइएको जनाएको थियो । पुलिसले शनिबार यही केसमा एक नेपाली नागरिक र एक चिनियाँ महिलालाई पनि पक्राउ गरिएको जानकारी दिएको हो ।

शुक्रबार बेलुका पुलिसले पितमपुरामा बस्ने पत्रकार राजीव शर्मालाई चीनको लागि जासुसी गरेको अभियोगमा पक्राउ गरिएको बताएको थियो । पुलिसले तीनै जना विरुद्ध आधिकारिक गोपनीयता सम्बन्धी कानुन अनुसार मुद्दा दर्ता गरेको दिल्ली पुलिसको विशेष सेलका डिसीपी संजीव कुमार यादवले बताएका छन् । ‘विशेष सेलले चीनको इन्टेलिजेन्सलाई संवेदनशील सूचना पुर्याइरहेका स्वतन्त्र पत्रकार राजीव शर्मालाई पक्राउ गरेको छ । एक चिनियाँ महिला र उनका नेपाली सहयोगीलाई उनी उनलाई ठूलो रकम दिएको पाइएपछि पक्राउ गरिएको छ । चिनियाँ इन्टेलिजेन्सले ती पत्रकारलाई ठूलो रकमको बदलामा संवेदनशील जानकारी दिनको लागि अटाएको थियो । ठूलो संख्यामा मोवाइल फोन, ल्यापटप र अन्य संवेदनशील सामग्रीहरु पनि बरामद भएको छ’ यादवले भने ।

दिल्ली पुलिसले आज दिउँसो साढे ३ बजे (नेपाली समय पौने ४ बजे) यस विषयमा विस्तृत जानकारी दिन पत्रकार सम्मेलन राखेको छ । पुलिसका अनुसार शर्मा सेप्टेम्बर १४ मा संवेदनशील दस्तावेजको साथमा पक्राउ परेका थिए । शर्मालाई सेप्टेम्बर १५ मा अदालतमा उपस्थित गराइएको थियो । अदालतले उनलाई थप अनुसन्धानको लागि ६ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । उनले जमानतको लागि दिएको निवेदनमाथि सेप्टेम्बर २२ मा सुनुवाइ हुँदैछ । शर्माले यसअघि एक समाचार एजेन्सी र पंजाबबाट संचालिन एक अंग्रेजी दैनिकमा काम गरेका थिए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार