free website hit counter

चीनमा फेरि ४५ जना नयाँ संक्रमित भेटिए

beemaadmin
२०७६ चैत्र १६, आईतवार

एजेन्सी । कोरोना युद्ध जितेको चीनमा फेरि संक्रमित देखिन थालेका छन् । चीनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमित ४५ जना नयाँ विरामी फेला परेका छन् । रोयटर्सका अनुसार यो अघिल्लो दिनको तुलनामा भने कम हो । २७ मार्चमा ५४ जना नयाँ संक्रमित फेला परेका थिए । आइतबार चिनियाँ स्वास्थ्य अधिकारीहरुले भनेअनुसार नयाँ संक्रमितहरुमध्ये एक जना विदेशबाट आएका व्यक्ति हुन् । शनिबार चीनमा कोरोना भाइरस संक्रमणका कारण पाँच जनाको मृत्यु भएको छ । मृतक सबै हुबेई प्रान्तको वुहान शहरका हुन् ।
गत डिसेम्बरको अन्तिम साता वुहान शहरबाटै कोरोना संक्रमण फैलिन सुरु गरेको थियो । चीनमा हालसम्म ३ हजार ३ सय जनाको मृत्यु कोरोना भाइरसकै कारण भएको छ । अझै ८१ हजार ४ सय ३९ जना संक्रमितको उपचार जारी छ । अहिले चीनले कोरोना भाइरस संक्रमणविरुद्धको लडाइँ जितिसकेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बुहान शहरमा लगाइएका प्रतिबन्धहरु विस्तारै हटाउन थालिएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार