free website hit counter

चीनले गर्यो १०८ जनामा कोरोना भाइरविरुद्धको खोप परीक्षण

beemaadmin
२०७६ चैत्र ९, आईतवार

एजेन्सी । कोरोना संक्रमणको उद्गमस्थल मानिएको चीन अहिले कोरोना मुक्त बन्दै औषधि खोज्ने अभियानमै जुटेको छ । त्यति मात्रै होइन विश्वलाई नै कोरोना मुक्त बनाउन सक्दो सहयोग पनि गरिरहेको छ । चीनले कोरोना भाइरसविरुद्धको खोपसमेत परीक्षण थालेको छ ।

चीनले कोरोनाभाइरस विरुद्धको खोप परीक्षण थालेर विश्वलाई नयाँ आशा जगाइदिएको छ । क्यानसिनो बायोलोजी कम्पनीले खोप विकास गरेको बताइएको छ । चीन सरकारले अनुमति दिएपछि खोप परीक्षण गरिएको हो । परीक्षणमा सामेल १०८ जना १८ देखि ६० वर्ष उमेर समूहका छन् । उनीहरुलाई तीन समूहमा विभाजित गरेर खोप परीक्षणमा सामेल गरिएको छ ।

ती समूहमध्ये एउटा समूहलाई न्यून डोजको खोप दिइएको छ भने दोस्रो समूहलाई मध्यम डोज र तेस्रो समूहलाई उच्च डोजको खोप दिइएको छ । खोप लगाएका सबैलाई कम्तीमा १४ दिनका लागि क्वारेन्टाइनमा राखिएको छ । यसबीचमा उनीहरुको शरीरमा देखिने सकारात्मक तथा नकारात्मक प्रभावलाई अनुसन्धानकर्ताले निरीक्षण गरी खोपको प्रभावकारिताबारे अध्ययन गर्नेछन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार