free website hit counter

चेपाङ वस्तीमा ज्योति लाईफको सहयोग

beemaadmin
२०७७ बैशाख ११, बिहीबार

धादिङ । संस्थागत सामाजिक उत्तरदायित्वका कार्यमा अग्रणी ज्योति लाईफ इन्स्योरेन्सले धादिङको चेपाङ समुदायलाई राहत वितरण गरी सहयोग गरेको छ । यो लकडाउनले उत्पन्न गरेको खाद्यान्न अभावलाइ मध्यनजर गर्दै कम्पनीले धादिङको गजुरी गाउँपालिका– ३ चिलाउने खर्कका चेपाङ समुदायलाई गाउँपालिकाले स्थापना गरेको फुड बैंकसंगको सहकार्यमा राहत वितरण कार्य गरेको हो । आफुले गरेको खेतीबाट उत्पादित खाद्यान्नले मुश्किल संग ४ महिना धान्ने र बाँकी समय ज्याला मजदुरी गरी छाक टार्ने उक्त समुदायलाई राहत स्वरूप उक्त सहयोग गरेको हो ।
सिमित उब्जनी भएका चेपाङ समुदाय पहिले पहिले जंगली कन्दमुल, गिठ्ठा भ्याकुर, सिस्नु खाएर पेट भर्ने गर्थे भने, अहिले ज्याला मजदुरी गरेर छाक टार्ने गरेको र हालको लकडाउनले ज्याला मजदुरी कार्य गर्न नपाएको र खाद्यान्न अभाव भइ दैनिक गुजारा चलाउन कठिनाइ भएकाहरुको लागि गजुरी गाउँपालिकाले खाद्यान्न वितरण गर्नको लागि फुड बैक संचालन गरेको गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले जानकारी गराए । उक्त फुड बैंकको प्रत्यक्ष सहकार्यमा ज्योति लाईफ इन्स्योरेन्सका धादिङ उपशाखा प्रमुख जयराम ढुङ्गानाले समुदायको परिवार संख्या विचार गरी चामल, तेल, दाल र साबुन जस्ता अत्यावश्यक सामाग्री वितरण गरेका थिए । हालै मात्र कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा समेत यस कम्पनीले ७ लाख ५० हजार रूपैयाँ सहयोग गरेको थियो । यस कठीन समस्यामा रहेका जनसमुदायलाइ कम्पनीले गरेको सानो सहयोग बाट केही राहत मिल्ने विश्वास लिएको कम्पनीका कार्यकारी उप प्रमुख प्रकाश विक्रम खत्रीले बताए ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सक्रिय जीवन बीमालेख १४.५७ प्रतिशतले बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार