free website hit counter

चैत १७ गते सोमबारदेखि २३ गते आइतबारसम्म

beemaadmin
२०७६ चैत्र १७, सोमबार

चैत्र १९ गते विश्व मुर्ख दिवस, सेतो मस्त्येन्द्रनात रथ यात्रा, चैते दशैं । चैत्र २० गते राम नवमी । चैत्र २२ गते कामदा एकादशी ।

मेष : कर्मचारी बर्गले गोपनियता तथा आर्थिक कारोवारमा सचेतता अपनाउनु पर्नेछ । आलोचना गर्नेहरु बढी नै हुने भएता पनि तपाईका दृडताले पराजय सामना गर्नु पर्ने छैन । साताको अन्त्यका परिस्थितिलाई बेवास्था गर्दा मानसिक पिडा र स्वास्थमा समेत समस्या आइलाग्न सक्छ ।

वृष : मित्रहरुबाट नौला किसिमका प्रस्तावहरु राख्निेछन् त्यसलाई सकरात्मक रुपमा लिनु होला । भावी कार्य योजना प्रेमिकाले बढी नै मनपराउने छिन् । खानपानको असावधानीले स्वास्थमा समस्या देखा पर्न सक्छ , अधिक पहेला किसिकका फलफुल सेवनले स्वास्थ अनुकुल हुनेछ ।

मिथुन : आध्यात्मिक ज्ञान प्राप्त गर्ने अवसर मिल्न सक्छ । टाढा भ¬एका मित्रहरुले विश्वास गर्ने वातावरण बन्दैछ केही नम्र भएर कार्य सम्पन्न गर्नु होला । दिगो फाइदा हुने कार्य प्रारम्भ गर्ने अवसर जुटन सक्छ । मित्रता तथा प्रेमको बन्धन कसिएला ।

कर्कट : ठुला किसिमका कार्यहरु सम्मपन्न गर्नु पर्ने हुनाले जटिलता तर्फ ध्यान दिनु होला । गोपनियता अवलम्वन गरेमा सहजता महसुस होला । प्रलोभन देखाउनेहरुसगँ टाढा रहदै प्रतिष्ठा जोगाउने चेष्ठा गर्नुहोला । खानपान तथा मनोरञ्जन तर्फ संयम रहनु नै वेश होला ।

सिंह : विना कारण प्रेमीका रिसाउन सक्छिन , पहिलेका कमजोरीहरु सच्याउँदै बिग्रिएको सम्बन्ध सम्बन्ध पुनः सुमधुर बनाउन सकिनेछ । अरुको मन जित्नाले सजिलै सहयोग जुटनेछ साताको अन्त्यमा अभिभावकको सुझाव तथा भावना कदर गर्दा स्वतः समस्या निर्मुल हुनेछ ।

कन्या : विभिन्न कार्यहरु तर्जुमा गर्नु पर्ने हुदाँ समाजसेवाको अनुभव समेत हासिल गर्नुहुनेछ । साथीहरुको भावनालाई कदर गरी चल्न सके विशेष फाइदा पुग्नेछ । हर्दी रंगको प्रयोग गर्नले मानसिक सन्तुलन प्राप्त गर्न सक्नु हुन्छ । साताको अन्त्यमा घरेलु समस्याले सताएर चिन्ता बढाउन सक्छ ।

तुला : हट गर्ने प्रवृतीले पारीवारीक सम्बन्धमा खिचलो उत्पन्न गराउन सक्छ । महंगी बढ्नाले आर्थीक संकट आइलाग्न सक्छ । सच्चा बिचार पूर्वक गरिएका कार्यहरुले भने फाइदा पुग्ने नै देखिन्छ ।पारिवारीक जमघटमा तपाईको रोजाइलाई स्विकार्दै मंगलिक कार्य सम्पन्न गर्ने तिथितय हुने सम्भावना छ ।

वृश्चिक : नसोचेका साथीबाट अचानक प्रेम प्रस्ताव आउने सम्भावना । हतार र आवेशमा गरिएका कार्यले उल्टो परिणाम दिनेछ धैर्यतामा जोड दिनुहोला । गुलावी रंगको प्रभावले धेरै काममा सफलता हात पार्न सक्निेछ । अनावश्यकयात्राले जोखिम निम्त्याउने खतरा हुन् सक्छ ।

धनु : व्यवसायमा नेतृत्व गर्ने अवसरको जिम्वेवारी प्राप्त गरिनेछ कार्य संञ्चालनमा अवरोध तथा कठिनाई भने महसुस हुनेछन् । कार्य व्यस्ततामा रुमलिँदा प्रेमिका चिडिन सक्छिन ध्यान दिनु होला । खानपान तथा दैनिक जीवन चर्यामा ध्यान नदिदाँ स्वास्थले साथ नदिन सक्छ ।

मकर : नयाँ व्यापार र लगानीमा विभिन्न खाले प्रस्ताव आउन सक्छन् ढिलो निर्णय गरी वचन दिदाँ सुरक्षीत भइनेछ । परिवारका अभिभावकहरुसगँ बिचार विभेद उत्पन्न भई आपूmप्रति गुनासो बढ्न सक्छ । मौसमी फेरबदलबाट आइलाग्ने पारिवारिक अस्वस्थतामा समय खर्चिनु पर्ला ।

कुम्भ : घरमा चाहिने सर समानको जोहो गर्दा कम महत्वको सामाग्रीलाई सुचीबाट हटाउने प्रयत्न गर्नुहोला । बाहिरी कुरा विश्वास गरी पे्रमिकाले चित्त दुखाउदा , तपाईलाई पनि निराशले सताउने छ । साताको अन्त्यमा पारिवारीक जमघटमा रमाउँदा अनावश्यक खर्च गर्ने प्रयत्न गरिनेछ ।

मीन : कर्मचारी वर्गले कार्य सम्पादन गर्दा विशेष होशियार अपनाउनु नै उचित हुनेछ । कार्य क्षमतामा ससाना त्रुटीहरुले तपाईको मर्यादामा चोट पुर्याउन सक्छन् । गरिब तथा अपाङ्गगलाई सहयोग गर्न मन उत्साहित हुनेछ । साताको अन्त्यमा पारिवारीक वातावरण हर्षित भई मनोरञ्जन गरिनेछ ।

सम्बन्धित समाचार

श्रावण २८ देखि भाद्र २ गते सम्म

beemaadmin
२०७८ श्रावण २८, बिहीबार

श्रावण १२ देखि १८ गतेसम्म

beemaadmin
२०७८ श्रावण १२, मंगलवार

असार ३० देखि श्रावण ६ गतेसम्म

beemaadmin
२०७८ असार ३०, बुधबार