free website hit counter

चैत २ गते आइतबारदेखि ८ गते शनिबारसम्म

beemaadmin
२०७६ चैत्र २, आईतवार

चैत ७ गते पापमोचनी एकादशी ।

मेष  :  प्रेमिकाको घुम्न जाने प्रस्ताब स्वीकार्दा अविष्मरणीय क्षण बन्नेछ । आलस्यताका कारण काममाबाधा पर्न सक्नेछ । वादविवाद सामन्य परेतापनितपाईको सिर्जनासिलकार्यलाई सबैले सर्मथनगर्नेछन । साथीहरुद्धारा समस्याको समाधान हुनेछ ।खानपान तथा मनोरञ्जन तर्फ संयम रहनु नै वेश होला ।

वृष : रचनात्मक कार्य गरी हितैषीहरुकोे मन जीत्न सक्नुहुनेछ । अध्ययनको सिलसिलामा विदेश यात्राको अवसर मिल्नसक्नेछ । मनले नसोचेका स्थानहरुमा भ्रमण गर्दै स्वादिस्ट परिकारको आन्नदलिदै मनोरञ्जन समेत प्राप्त गर्न सक्नुहुनेछ । साताको अन्त्यतर्फ आर्थिक भारको महशुस हुनगई ऋणको चपेटामा पर्न सकिनेछ ।

मिथुन : लामो समय देखि रोकिएको कार्य आकस्मिक रुपमा समाधान हुनेछ । नयाँ कार्य क्षेत्रमाआर्थिक लगानी गर्ने अवसर प्राप्तहुनेछ । मनोरञ्जन भेटघाट तथा भ्रमणमा साता व्यतितहुनेछ । प्रेमिकाले नयाँ चाहाना राख्न सक्छिन् ढिलासुस्त नगरे वेश हुनेछ । सवारी साधन चलाउँदा संयम अपनाउनु होला ।

कर्कट : आफूभित्रको भय उत्साहमा परिर्वतनभई समाज सेवातर्पm आर्कषित भईनेछ ।लामो समय सम्म रोकिएकावाधाहरुस्वतःफुकुवाहुनेछन् । प्रतिस्प्रर्धामा इनाम तथा सम्मानजनक स्थान पाउनु हुनेछ । सेतो रंगको रचनात्मक प्रयोगले लाभ पुग्ने देखिन्छ । सवारी चलाउँदा विशेष ध्यान दिनु होला ।

सिंह : रोकिएका अध्ययन कार्यले निरन्तरता पाउने छ । मेहनत गर्दा जीवन शौलिमा परिवर्तन ल्याउन सकिनेछ । सरोकार नभएका विषयमा चासो राख्नाले दुःख पाइनेछ । धन अभावको स्थिति भने यथावत नै रहनेछ । साताको अन्त्यमा फजुल खर्चले चिन्ता बढाउनेछ ।

कन्या : कार्य योजना कार्यन्वयन ढिलाई गर्नाले पछि परिनेछ । सिर्जनात्मक कामले धैरेको मन लोभ्याउन सकिनेछ । प्रतिस्पर्धाको दौडमा सहपाठीहरुलाई उछिन्न सकिनेछ । विदेश यात्राको साइत जुर्नाले भ्रमण तथा खानपानमा राम्रै धन खर्च गर्नुपर्ने हुन सक्छ । साताको अन्त्यमा मांगलिक कार्यमा सहभागी हुने अवसर प्राप्त हुनेछ ।

तुला : उच्च पदस्थ अधिकारीसँग घनिष्ट सम्बन्ध भै आकस्मिक लाभ प्राप्तहुनेछ । आर्थिक भार बढ्नाले सोमबारपछि आर्थिक अभावको महशुस हुनेछ । शिर तथा आँखासम्बन्धि समस्या आई धन खर्च हुन सक्ने सम्भावना छ । साताको अन्तयमा स्वास्थमा बढी ध्यान पुर्याउँदा वेशहुनेछ ।

बृश्चिक : रोजगारीको अवसरमा दौड धुप गर्नु पर्ने हुनसक्छ । परिवारका अभिभावकहरुसँग बिचार विभेद उत्पन्नभई आपूmप्रति गुनासो बढ्न सक्छ । सच्चा बिचार पूर्वक गरिएका कार्यहरुले भने फाइदापुग्ने नै देखिन्छ । धैर्य गरी ढिलो निर्णय गरेमा राम्रै परिणम हातलाग्न सक्छ ।

धनु : रोकिएको विदेशी अध्ययनको प्रक्रिया स्वतः परिणममा परिणत हुँदा हर्षित भइनेछ । मन पराउनेले दिएको सुझावलाई अनुसरण गर्दा समयको बचत हुन सक्छ । भ्रमण गर्दा बढी खर्च भै व्यवहारिक झमेला आइलाग्न सक्छ । घरायशी व्यवहारका कामगर्दा विशेष होस पुर्याउनु पर्नेछ ।

मकर : गरिरहेको प्रयासलाई निरन्तरता दिन सके अवसरहरु हात बाट फुत्किने छैनन । सामाजीक क्षेत्रका कार्यहरु नेतृत्वगर्दा अपजस आइलाग्न सक्छ । बोलिको मघुरताले गर्दा बिग्रिसककेका कार्यले पुनःउचाइमा पु¥याउनेछ । रात्रिअवेर सम्म यात्रागर्दा स्वास्थप्रति हेक्का राख्नुहोला ।

कुम्भ : आफ्नो कार्य दक्षताको चौतर्फि प्रशंसा हुनेछ । चुरो कुरा पत्तालगाई असहज परिस्थितिको सामना गर्न सकिनेछ । लगनशीलताले विविध अवसर प्राप्तहुनेछ । मनमिल्ने साथीको सुझावलाई विश्वास गर्नाले पछि परिएला । साताको अन्त्यमा स्वास्थमा ध्यान दिनु उचित हुनेछ ।

मीन : समास्या समाधानमा पारिवारिको साथ पाइनेछ । विपन्न आर्थिक समुदाय माझ सहयोगी भुमिका निर्वाह गर्दा आफनो परिचय चर्चित बनाउन सकिनेछ । उपहारका साथ भेटन आउने मित्रसँग सावधानीअपनाए वेशै होला । बोलिमा थप प्रभावपार्न पहेलो रंगको अनुशरण लाभदायक देखिनेछ ।

सम्बन्धित समाचार

श्रावण २८ देखि भाद्र २ गते सम्म

beemaadmin
२०७८ श्रावण २८, बिहीबार

श्रावण १२ देखि १८ गतेसम्म

beemaadmin
२०७८ श्रावण १२, मंगलवार

असार ३० देखि श्रावण ६ गतेसम्म

beemaadmin
२०७८ असार ३०, बुधबार