free website hit counter

चैत ९ गते आइतबारदेखि १५ गते शनिबारसम्म

beemaadmin
२०७६ चैत्र ९, आईतवार

चैत्र ११ गते घोडेजात्रा, विश्वक्षयरोग दिवस ।

मेष : कामको सही मुल्यांकन हुनुका साथै आकस्मिक धन लाभहुन सक्छ । स्वास्थमा आएको समस्याले मनमा नैराश्याता आउनेछ । साताको अन्त्यमा स्वास्थमा सुधार भइ बोलिको प्रभावले महत्वपुर्ण कार्य सम्पन्न हुनेछन् । आर्थिक तथा सेयर कारोबारमा आकर्षित भइनेछ ।

वृष : साता सामन्य रहनेछ । परिस्थिति पहिचानका कारण गरिएका कामले प्रतिष्ठा दिलाउनेछ । प्रतिकुल अवस्थमाअरुको मुख ताक्दा पछि परिने सम्भावना छ । मित्रवर्गले बचनअनुसार समयमा सहयोग नर्गदा आर्थिक संकट वेहोर्नु पर्नेछ, त्यसैले व्यवसायिक कारोबार गर्दा सावधानी अपनाउनु होला ।

मिथुन : प्रतिष्ठा र पदोन्नतीकोे अवसरलाई चुनौतिको रुपमा लिए उचाइमा पुगिनेछ । आध्यत्मिक चिन्तन योग, ध्यानले दुर्भावनाहरु समाप्त हुदै भविष्यको मार्ग पहिल्याउन सहज हुनेछ । छोटो समयमा परिचित साथीसँग विश्वास गर्दा धोका हुन सक्छ । खानपानमा समयको फेरवदलले स्वास्थ अनुकुल नहुनसक्छ ।

कर्कट : कुरा काटनेहरु तपाईको चियोचर्चो गर्न छाडने छैनन अभिभावकको सुझावले डाह गर्नेहरुलाई पछि पार्न सकिनेछ । पे्रमिकाले नयाँ अवसर प्राप्तभएको खवर सुनाउँदा हर्षित भइनेछ । मेहनत गर्दा जिवन शैलिले नयाँ फड्को मार्न सक्छ । विभिन्न स्थानहरुको भ्रमणमा नै समय खर्चिनु पर्ला । अध्ययनको क्रममा विदेश यात्राको साइत तय हुन सक्छ ।

सिंह : प्रतिस्प्रर्धिलाई उछिन्ने कडा मेहनतको जरुरी पर्नेछ । अहोरात्रको परिश्रमले महत्वपूर्ण जिम्मेवारी दिलाउने सम्भावना छ । अनाथलाई गरिएको सहयोगबाट प्रशंसा पाउला । जागिरमा पदोन्नती सहित स्थान परिवर्तनको संयोग आइलाग्न सक्छ । उत्तरतर्फको यात्रामा सावधानीअपनाउनुहोला । पाचन प्रक्रियामा कमजोरीपन देखा पर्न सक्छ , हेक्का राख्नहोला ।

कन्या : मित्रवर्गको सहयोगका कारण अरुको मन जित्न सकिनेछ जसले जिम्मेवारी वहन गर्ने अवसर दिलाउँनेछ समय आएको छ । श्रृंगार तथा सजावटको कार्यमा सफलता हात लाग्नेछ । गुलिया वस्तुहरु कम सेवन गर्नुहोला । बुधबारपछिको समय प्रेरणादायक रहनेछ ।

तुला : आफ्नो कार्य दक्षताको चौतर्फि प्रशंसा हुनेछ । चुरो कुरा पत्तालगाई असहज परिस्थतीको सामना गर्न सकिनेछ । लगनशीलताले विविधअवसर प्राप्त हुनेछ । मनमिल्ने साथीको सुझावलाई विश्वास गर्नाले पछि परिएला ।

वृश्चिक : कार्य क्षेत्रमा उत्ताउ लोपन प्रर्दशन गर्दा विवादमा परिएला, संयमित रहनुहोला । मङ्गलबार पछिका दिनहरुमा थप उर्जा प्राप्तहुनेछ । अभिभावकसँगको बैचारीक द्धन्दप्रति सचेत रहनुपर्नेछ । चुनौतिहरु यथास्थितिमा नै रहनेछन् । पहेलो रंग प्रयोजन गर्न सके समस्याको गाँठो फुकाउन केही सहज महशुस हुनेछ ।

धनु : आफनो व्यवसायलाई उचाइमा पुर्याउन अभिभावकको सहयोग तथा सुझाव अनुसरण गर्नु लाभदायीक देखिन्छ । शुभकार्यका लागि आवश्यक सामाग्री किनमेलमा समय खर्चीनु पर्नेछ । भ्रमणका क्रममा खानपानको असावधानीले स्वास्थमा समस्या देखा पर्न सक्छ । सवारी साधन चलाउँदा संयम अपनाउनुहोला ।

मकर : टाढा रहेका साथीहरुसँग बिग्रिएको सम्बन्ध पुनः स्थापित हुनेछ । बहुमुल्य धातु तथा विलासी साधन खरिद गर्दा होशियारी अपनाउनु पर्नेछ । शैक्षिक क्षेत्रमा राम्रो उपलब्धि सगैँ वैदेशिक रोजगरिको अवसर जुर्नेछ । सामाजिक तथा परोपकारी कार्यमा रुची जाग्नेछ । धार्मीक सरोकारका विषयमा सपरिवार संलग्न भइनेछ ।

कुम्भ : पूर्व योजना बेगरै विदेश भ्रमण गर्नु पर्ने बाध्यता आइलाग्न सक्छ जसले आर्थिक उपलब्धि हात पर्ने सम्भावना छ । थप लगानि गरि थालिएका व्यवसायले अधिक व्यस्तता बनाउनेछ । मनोरञ्जनमा सहभागि हुदाँ स्वास्थ एवं समय प्रति हेक्का राख्नुपर्नेछ । साताको अन्त्यमा पारिवारीक भेटघाटमा समय खर्चीनु पर्नेछ ।

मीन : आफ्नो धरातल बिर्सिएर अर्काको अभिनय गर्न खोज्दा बडी मुल्य चुकाउनु पर्नेछ । पे्रमिकाको द्वैध मनस्थितिले आफ्नो विचारमा पनि परिवर्तन आउन सक्छ । राज्यस्तरबाट दिएका जिम्मेवारी बेवास्ता गर्नाले ठूलो नोक्सानीको फन्दामा परिनेछ । राता रंगको पहिरनवाट प्राय समस्या निवारण गर्न उर्जा मिल्नसक्छ ।

सम्बन्धित समाचार

श्रावण २८ देखि भाद्र २ गते सम्म

beemaadmin
२०७८ श्रावण २८, बिहीबार

श्रावण १२ देखि १८ गतेसम्म

beemaadmin
२०७८ श्रावण १२, मंगलवार

असार ३० देखि श्रावण ६ गतेसम्म

beemaadmin
२०७८ असार ३०, बुधबार