free website hit counter

चौथो वर्षमा एनआईसी एशिया क्यापिटल

beemaadmin
२०७६ फाल्गुन २३, शुक्रबार

काठमाडौं । एनआईसी एशिया क्यापिटलले सफलतापूर्वक तीन वर्ष पुरा गरी चौथो वर्षमा प्रवेश गरेको छ । सो अवसरमा क्यापिटलले नयाँ ग्राहकहरुलाई सेवा शुल्कमा विशेष छुट दिने योजना ल्याएको छ । जस अन्तर्गत फागुन २२ गतेदेखि आगामी असार मसान्तसम्म निःशुल्क रुपमा हितग्राही खाता खोलिदिने तथा पहिलो वर्षको खाता संचालन शुल्कमा छुटको व्यवस्था गरेको छ । यसको साथै फागुन २२ गतेदेखि चैत मसान्तसम्म लगानी व्यवस्थापन सेवा शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ । २०७६ साल फागुन २२ गतेदेखि संचालनमा आएको यस क्यापिटलले छोटो समयमा नैं मर्चेण्ट बैंकिङ्ग क्षेत्रमा सफल मर्चेट बैंकरको रुपमा आफ्नो नाम स्थापित गर्न सफल भएको छ । मर्चेण्ट बैंकिङ्ग व्यवसायमा तीब्र रुपमा प्रतिशपर्दा रहदा समेत एनआईसी एशिया क्यापिटल संचालनमा आएको तीन वर्षको छोटो अवधिमै निम्न उपलब्धी हाशिल गर्न सफल भएको छ ।

सम्बन्धित समाचार