free website hit counter

ठूला बडाको अड्डामा यस्तो सम्म हुन्छ

beemaadmin
२०७६ कार्तिक ६, बुधबार

के अर्बपति उद्यमी विनोद चौधरीले बजारमा राम्रा मान्छे पाउन छाडेका हुन् ? वा योग्य र दक्ष व्यक्तिले चौधरी र उनको कम्पनीलाई पत्याउन छाडे ? जनता बैंकको डेपुटी सिइओ हुँदा कसुरमा डामिएका अजय मिश्रलाई युनाइटेड फाइनान्सले प्रमुख कार्यकारी अधिकृत (सिइओ) बनायो ।

जसरी बैंक अफ काठमाडौंका सिइओ अजय श्रेष्ठ बैंकिङ कसुरमा परे, उसैगरी मिश्र तत्कालीन सिद्धार्थ डेभलपमेन्ट बैंकमा हुँदा हुँदै नभएको जग्गा धितोमा राखी दुई करोड रूपैयाँ कर्जा प्रवाह गरेका थिए । जनता बैंकबाट विनोद चौधरीको फाइनान्समा सिइओ बन्न पुगेका उनीविरुद्ध उजुरी प¥यो । प्रहरीको वान्टेड सूचीमा परेका उनी फरार भए । सो पदमा आजसम्म पनि कम्पनीले अर्काे व्यक्तिलाई नियुक्ति दिलाउन सकेको छैन । बेवसाइटमा आजसम्म पनि उनलाई सिइओकै रूपमा देख्न पाइन्छ । उनीझैं चौधरीकै रोजाइमा परे यौनकाण्ड लागेका उदयकृष्ण उपाध्याय । कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत हुँदा १५ दिनको घरबिदाबीच फागुनको मध्यजाडोमा कोटेश्वरको एउटा क्याबिनतिर पुगेर रंगिला कर्म गरिरहँदा अहिले एसपी भएर पोखरा खटिएका दानबहादुर कार्कीले रंगेहात भेटेपछि जागिर गयो ।

तिनैलाई चौधरीको अर्काे कम्पनी युनाइटेड इन्स्योरेन्सको सञ्चालक समिति अध्यक्ष र हालै नबिल बैंकको विज्ञ सञ्चालक बनाइएको छ । उनलाई बैंकतिर तानिएपछि इन्स्योरेन्सको अध्यक्ष भरतबन्धु कार्की तोकिएका छन् । नबिल बैंकको सञ्चालक समितिमा शम्भुप्रसाद दाहाल, निर्वाण चौधरी, दयारामगोपाल अग्रवाल, बैंकर्स संघका पूर्वअध्यक्ष उपेन्द्र पौडेल, मालाय मुखर्जीसहित हालै मात्र उदयकृष्णले नियुक्ति पाएका हुन् । बाफिया (बैंक तथा वित्त संस्थासम्बन्धी ऐन) मा यस्ता संस्थाको सञ्चालक हुन नैतिक पतन नभएको हुनुपर्ने प्रावधान छ । तर, चौधरीको कम्पनीमा यौनकाण्ड लागेकादेखि बैंकिङ कसुरमा फरार अभियुक्तसम्मले नियुक्ति पड्काउँदासमेत नियामक निकाय राष्ट्रबैंक भने गरुडसामु परेको साँपझैं भएको छ ।  यो बेथितिप्रति नबिल बैंकका एक कर्मचारीले भने, ‘कुकुरले पुच्छर हल्लाउनुपर्नेमा पुच्छरले कुकुर हल्लाएझैं भयो ।’ यो समाचार बुधबार प्रकाशित जनआस्थामा छापिएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार