free website hit counter

छिछि मुर्दाघरमा यौनधन्दा

beemaadmin
२०७७ चैत्र ८, आईतवार

एजेन्सी । हाम्रा व्यस्त सडक रत्नपार्क, सुन्धारा, बीर अस्पताल आसपास खुलेआम यौनधन्दा चलिरहेको कुरा अनौठो भएन । तर अस्पतालको मुर्दाघरमा यौन धन्दा चलाइयो भनेको सुन्दा सबैलाई आश्चर्य लाग्न सक्छ । यौनका भोकाहरुले यो ठाउँलाई पनि शरीरको भोक बनाउने अड्डा बनाए । पछिल्लो समय अस्पतालको मुर्दाघरमा भेटिएका जोडीहरुको तस्वीर बाहिरिएको छ ।

भारतको मध्य प्रदेशको इन्दौरमा महाहराजा यशवंतराज अस्पतालका केही फोटो बाहिरिएका छन् । फोटोमा केही युवा र युवतीहरु आधा अधुरा कपडामा देखिएका छन् । यो दृश्य अस्पतालको मुर्दाघरको भएको बताइएको छ । यो मुर्दाघरको ठेक्का एक निजी अस्पताललाई दिइएको छ । फोटो सार्वजनिक गर्नेहरुका अनुसार यो कम्पनीका कर्मचारीले नै बिगत ४ दिनदेखि यहाँ युवतहिरु लिएर आइरहेका छन् । अस्पतालका कर्मचारीलाई यसको जानकारी दिइएको थियो तर अस्पताल व्यवस्थापन अन्जान छ ।

केही समयअघि यो मुर्दाघरमा एक वृद्धको शव १५८ दिनसम्म त्यत्तिकै रहेको थियो । त्यसपछि यसको रेखदेखको जिम्मा निजी कम्पनीलाई दिइएको थियो । मंगलबार राती केही व्यक्तिहरु लाश लिएर मुर्दाघर पुग्दा कोठामा युवतीहरु देखेर चकित परे । उनीहरुसँग केही युवकहरु पनि थिए । उनीहरुसँग सोध्दा उनीहरुले कडा रुपमा आफ्नो लाश राखेर जाउ भनेका थिए ।

त्यसपछि शव लिएर आएकाहरुले त्यहाँका केही फोटो खिचे । यो देखेपछि भने मुर्दाघरका कर्मचारी युवतीहरुलाई लिएर बाहिर आए । फोटो सार्वजनिक भएपछि फोटोमा देखिएका २ कर्मचारीमाथि कारवाही गरिएको छ । अस्पतालका अधीक्षक पीएस ठाकुरका अनुसार दुई कर्मचारीलाई बर्खास्त गरिएको छ र कम्पनीलाई नोटिस पठाइएको छ ।

सम्बन्धित समाचार