free website hit counter

छिमेकी महिलासँग यौन प्यास मेट्न सुरुङ मार्ग बन्यो

beemaadmin
२०७७ पुष १७, शुक्रबार

एजेन्सी। हामीले जेल ब्रेक गर्न सुरुङ खनेका समाचार त सुनेका थियौं तर प्रेम र यौनका लागि सुरङ खनिएको छ । परपुरुष र परस्त्रीसँगको सम्बन्धका लागि मानिसले के के सम्म मात्रै गर्छ भन्ने कुराको एउटा ज्वलन्त उदाहरण यहाँ भेटिएको छ । एक बिवाहित पुरुषले एक बिवाहित छिमेकी महिलासँग सम्बन्ध राख्न आफ्नो घरदेखि ती महिलाको कोठासम्म सुरुङ बनाएको खुलासा भएको छ। छिमेकी महिलासँग प्रेम भएपछि ती पुरुषले सो सुरुङमार्फत त्यहाँ जाने गरेका थिए। जब ती बिवाहित महिलाका श्रीमान घरबाट बाहिर निस्कन्थे, प्रेमी सुरुङबाट ती महिलाको कोठामा पुग्थे। यो घटना मेक्सीकोको हो। डेलिमेलका अनुसार अल्बर्टो नामका ती पुरुषले सुरुङ बनाएको घटनाको पटाक्षेप एक दिन ती महिलाका श्रीमान जर्ज अफिसबाट छिटै घर फर्केपछि भएको हो।
घरमा उनले श्रीमती र उनका प्रेमी अल्बर्टोलाई रंगेहात फेला पारेका थिए। ती महिलाका श्रीमान घरमा पुगेपछि अल्बर्टो एकाएक गायब भए। जर्जले अल्बर्टोलाई निकै खोजे तर फेला पार्न सकेनन्। यसरी गायब भएपछि उनी पनि हैरान भएका थिए। उनले खोजी गर्दा त्यहाँ एक सुरुङ फेला पारे। अनि सुरुङबाट भित्र जाँदा उनी छिमेकमा अल्बर्टोको घरमा पुगे। अल्बर्टोले आफ्नो अफयरबारे आफ्नी श्रीमतीलाई केही नभन्न अनुरोध गरेका थिए। तर, डेलिमेलका अनुसार जर्जले सबै कुरा सार्वजनिक गरिदिए।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार