free website hit counter

छिमेक लघुवित्तको नाफामा गिरावट

beemaadmin
२०८१ बैशाख २८, शुक्रबार

काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा र आम्दानी दुवैमा गिरावट आएको छ । संस्थाले चालु आवको तेस्रो त्रैमाससम्म ६४ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २६.८९ प्रतिशतले कम हो । गत आवको तेस्रो त्रैमाससम्म संस्थाले ८८ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । नाफा सँगै संस्थाको खुद ब्याज आम्दानी पनि घटेको छ । समीक्षा अवधिसम्म संस्थाले २ अर्ब ५ करोड ६६ लाख रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा २.८५ प्रतिशतले कम हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म संस्थाले २ अर्ब ११ करोड ७० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यो अवधिमा संस्थाको खुद सञ्चालन आम्दानी भने १४.३९ प्रतिशतले घटेको छ । संस्थाले तेस्रो त्रैमाससम्म १ अर्ब ८५ करोड रुपैयाँबराबरको खुद सञ्चालन आम्दानी गरेको छ । संस्थाको सञ्चालन मुनाफा ९० करोड ४१ लाख रुपैयाँबराबर रहेको छ । तेस्रो त्रैमाससम्म संस्थाले कर्मचारीका लागि ८० करोड २० लाख र अन्य सञ्चालनका लागि ११ करोड ९७ लाख रुपैयाँ खर्च गरेको छ । समीक्षा अवधिसम्म संस्थाको रिटेन्ड अर्निङ र रिजर्भ दुवैको आकार बढेको छ । रिटेन्ड अर्निङ १ अर्ब ३७ करोड रुपैयाँबाट बढेर १ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । रिजर्भको आकार पनि २ अर्ब ४९ करोड रुपैयाँबाट बढेर २ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । संस्थाको वितरणयोग्य मुनाफा बढेको छ । वितरणयोग्य मुनाफा १ अर्ब ३० करोड रुपैयाँबाट बढेर १ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । संस्थाको चुक्तापूँजी २ अर्ब ९७ करोड ७१ लाख रुपैयाँ रहेको छ । तेस्रो त्रैमाससम्म ३२ अर्ब ९१ करोड रुपैयाँ निक्षेप संकलन गरेको संस्थाले ३३ अर्ब ९० करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ । तेस्रो त्रैमाससम्म संस्थाको खराब कर्जा अनुपात बढेको छ । खराब कर्जा अनुपात १.१९ प्रतिशतबाट बढेर ३.०४ प्रतिशत पुगेको छ । समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी ईपीएस २८.८३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २३७.३० रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ५३०.५२ रुपैयाँ, मूल्य आम्दानी अनुपात २८.९६ गुणा र तरलता अनुपात २३.२१ प्रतिशत कायम भएको छ ।

सम्बन्धित समाचार