free website hit counter

छिमेक लघुवित्तको नाफा ७.१० प्रतिशतले बढ्यो

beemaadmin
२०८३ श्रावण २९, शुक्रबार

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १ अर्ब २९ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.१० प्रतिशतले बढी हो। अघिल्लो वर्ष लघुवित्तले १ अर्ब २१ करोड २८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

लघुवित्तको खुद ब्याज आम्दानी तथा शुल्क र कमिसन आम्दानी बढेपछि खुद नाफामा सुधार आएको हो। समीक्षा अवधिमा खुद ब्याज आम्दानी ६.७० प्रतिशत र खुद शुल्क तथा कमिसन आम्दानी १८.८५ प्रतिशतले बढेको छ। त्यस्तै, कुल सञ्चालन आम्दानी ८ प्रतिशत तथा सञ्चालन मुनाफा ६.७२ प्रतिशतले वृद्धि भएको छ।

Advertisement
Advertisement

असार मसान्तसम्म लघुवित्तको वितरणयोग्य मुनाफा २ अर्ब १६ करोड ३ लाख रुपैयाँ पुगेको छ। वितरणयोग्य प्रतिशेयर आम्दानी भने ५९ रुपैयाँ ७२ पैसा रहेको छ।

Advertisement
Advertisement

नाफा बढे पनि प्रतिशेयर आम्दानीमा भने सामान्य गिरावट आएको छ। समीक्षा अवधिमा प्रतिशेयर आम्दानी १ रुपैयाँ ८१ पैसा घटेर ३५ रुपैयाँ ९१ पैसामा सीमित भएको छ। लघुवित्तको प्रतिशेयर नेटवर्थ २५१ रुपैयाँ ६ पैसा तथा मूल्य–आम्दानी अनुपात २५.६८ गुणा रहेको छ।

३ अर्ब ६१ करोड ७२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तको जगेडा कोषमा ५ अर्ब ४६ करोड रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ४७ अर्ब ६२ करोड ६५ लाख रुपैयाँ निक्षेप तथा सापटी संकलन गरी ४५ अर्ब ४९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

सम्बन्धित समाचार