free website hit counter

छिमेक लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ पुष १, मंगलवार

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। लघुवित्तले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये १२.५ प्रतिशत बोनस शेयर रहेको छ भने सोको कर प्रयोजनार्थसहित १२.५० प्रतिशत नगद लाभांश रहेको छ। मंसिर २९ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेश्चिात सो दरमा लाभांश वितरण गरिनेछ।

 

सम्बन्धित समाचार