free website hit counter

छोरीकी साथीको बलात्कारपछि हत्या

beemaadmin
२०७७ आश्विन ३०, शुक्रबार

काठमाडौँ । अपराधका घटना सुन्दा पनि आङै सिरिङ्ग बनाउँछ । रौतहटको वृन्दावन नगरपालिका–४ स्थित मामाघर बस्दै आएकी १४ वर्षीया बालिकाको बलात्कारपछि हत्या गर्ने पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा हर्दिया पल्टुवा बस्ने ४५ वर्षीय चुनु साह तेली छन् ।

तेलीले असोज १६ गते आफ्नै छोरीकी मिल्ने साथीलाई बलात्कारपछि हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनलाई बिहीबार जिल्ला प्रहरी कार्यालय रौतहट र २ नम्बर प्रदेश प्रहरी कार्यालयको संयुक्त टोलीले गरुडा नगरपालिका–४ बाट पक्राउ गरेको हो ।

२ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख धीरजप्रताप सिंहका अनुसार तेलीले १६ असोजमा घाँस काट्न गएकी बालिकालाई ललाईफकाई उखु खेतमा लगेर बलात्कारपछि हत्या गरेको प्रहरीसमक्ष स्वीकारेका छन् । बालिकाले अरूलाई भन्ने र अन्यले थाहा पाउने डरले हातले घाँटी थिची हत्या गरेर तेली फरार भएका थिए ।

सिंहकाअनुसार बलात्कारपछि बालिका बेहोस भएको र उनले अरुलाई भन्दिन्छिन् भनेर घाँटी थिचेर मारेको बयान तेलीले दिएका छन् । १६ गते शुक्रबार बिहान ९ बजे बालिका गाईवस्तुको लागि घाँसपात लिन स्थानीय होसनारायण यादवको उखु खेतमा गएकी थिइन् ।

सोही दिन साढे ४ बजे यादवको खेतमा ती बालिकाको शव फेला परेको थियो । बालिका मृत अवस्थामा फेला परेपछि स्थानीय सुखल राय यादवका १० वर्षीय छोरा अखिलेश यादवले देखेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए । बालिका तेलीको घरमा पहिलेदेखि नै आउने/जाने गर्ने गर्थिन् ।

मृतक बालिका गढिमाई नगरपालिका–१ समनपुर टोलकी हुन् । उनी सानै उमेरदेखि बृन्दावन नगरपालिका–४ स्थित बाजेको घरमा बस्दै आएकी थिइन् । पक्राउ परेका तेली माथि थप अनुसन्धान गर्न रौतहट जिल्ला अदालतबाट १५ दिन म्याद थप गरिएको छ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार