free website hit counter

छोरीको जन्मदिनमा बीमा पोलिसी उपहार

beemaadmin
२०८१ चैत्र १३, बुधबार

काठमाडौं । पछिल्लो समय जन्मदिनमा परम्परागत उपहारहरूभन्दा भिन्न र दीर्घकालीन वित्तीय सुरक्षा सम्बन्धी उपहार दिने प्रवृत्ति बढ्दै गएको छ। जसमा पनि जीवन बीमा पोलिसी जस्ता दीर्घकालीन सुरक्षाका माध्यमहरू उपहारको रूपमा लोकप्रिय बन्दै गइरहेका छन्। यही क्रममा काभ्रे र‍ोशी गाउँपालिका ११ निवासी हेमलाल श्रेष्ठ (रुपक) र कविता रुचाल मगर श्रेष्ठले आफ्नी छोरी अपेक्षा श्रेष्ठक‍ो पहिलो जन्मदिनको अवसरमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी, बनेपा शाखाबाट १० लाख रुपैयाँको जीवन बीमा पोलिसी उपहार दिएका छन्। छोरीको बीमा गर्दा एउटै प्रिमियमले आफ्नो समेत बीमा हुने भएकोले उक्त योजना छनौट गरेको श्रेष्ठले बताए। उनले यो उपहारले भविष्यमा आर्थिक सुरक्षाको ग्यारेन्टी गर्ने र भविष्यमा छोरी उच्चशिक्षा हासिल गर्न, व्यवसाय गर्न,बिहेवारी गर्न समेत सजिलो हुने भएकोले महत्त्वपूर्ण हुने बताए। एजेन्सी म्यानेजर अशोक बुद्ध लामाले यस्तो दीर्घकालीन सोचले भरिएको उपहार दिनु प्रेरणादायी रहेको भन्दै बुबा आमाले छोरीप्रति देखाएको माया, ममता र भविष्य सुरक्षाको योजनाका लागि श्रेष्ठ परिवारलाई बधाई दिए। साथै उनले अनावश्यक खर्चको साटो वित्तीय सुरक्षासम्बन्धी उपहार दिनुपर्नेमा जोड दिए।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार