free website hit counter

छोरीको सुरक्षाका लागि प्रदेश २ को अर्को प्रयास

beemaadmin
२०७६ माघ २१, मंगलवार

जनकपुरधाम । छोरीको शिक्षा र सुरक्षाको लागि प्रदेश २ सरकारले थालेको बेटी बचाउ, बेटी पढाउ अभियानले १५ हजार बढी छोरीहरुको बीमा गरिसकिएको छ । एक लाखबाट बीमांक रकम ३ लाख बनाएको प्रदेश २ सरकारले सरकारले छोरीलाई नै लक्षित गरी अर्को अभियान प्रारम्भ गरेको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयले ल्याएको यो अभियानको मुख्यमन्त्री लालबाबु राउतले उद्घाटन गरे । अभियान अन्तर्गत छोरीहरुलाई सुरक्षित रहन जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने, महिला हिंसाविरुद्धको ऐन कानूनबारे जानकारी गराउँदै परिवारमा छोरीलाई मजबुत बनाउने वातावरण तयार गर्न आह्वान गरिनेछ ।
यो अभियान अन्तर्गत सचेतनामूलक सन्देश उत्पादन तथा प्रसारण, मी टु अभियान, विद्यालय पाठ्क्रममा लैंगिक हिंसाका विषयहरू समावेश गर्ने र लैगिक हिंसा निवारण कोषको व्यवस्था गरिनेछ । यस्तै, प्रदेशको प्रत्येक विद्यालयमा आत्मरक्षाका निम्ति छोरीहरुलाई प्रशिक्षण समेत दिइनेछ ।

सम्बन्धित समाचार