free website hit counter

छोरोको जन्मदिनको उपहार बीमालेख

beemaadmin
२०८१ बैशाख १२, बुधबार

काठमाडौं । विवाह ब्रतबन्ध, जन्मदिन लगायतका शुभ कार्यमा आफन्तलाई उपहार दिइने चलन वर्षौंदेखि चल्दै आएको छ । समय अनुसार उपहार पनि परिवर्तन हुँदै गएको छ । पहिला दैनिक घरमा आवश्यक सामग्री हरू उपहार दिइन्थ्यो । हाल जीवनकै अमूल्य उपहारका रुपमा बीमा पोलिसी दिइने चलन बढ्दै गएको छ । यसैक्रममा सुन्दरहरैचा नगरपालिका (९ मोरङ स्थायि घर हुने श्रीमति चारु माया पराजुलि ढकालले आफ्ना छोराको जन्मदिनमा ८ लाखको बीमा पोलिसी आईएमई लाइफको सरल सवधिक बिमा बचत पोलिसी उपहार दिनुभएको हो । उक्त पोलिसी आईएमई लाइफका बिराटचोक साखा प्रमुख याम नाथ दाहाल र एजेन्सी मेनेजर संजिब भट्टराई को उपस्थितिमा पोलिसी हस्तान्तरण गरेका हुन् । जन्मदिनको उक्त उपहार दिने क्रममा आमा चारुमाया पराजुलि ढकाल आफु बिभिन्न संघ सस्थामा आवद्ध हुदै गर्दा आजकल दिईने उपहार ले जिबन संघर्ष मा हरपल जोखिम रहेको ले भोलि आईपर्ने सम्भावित जोखिम व्यावस्थापन पनि हुने र भबिस्यका लागि बचत गर्ने बानि बिकास समेत भएकाले ले छोरोको जन्मदिनको उपहार बिमा पोलेसि दिएको बताउनु भयो ।


त्यसैगरि साखा प्रमुखले बिनायक ढकाल लाई जन्मदिनको सुभकामना दिँदै आमा र बिमा शव्द फरक भएपनि यसको अर्थ र काम भने बिमा र आमा एउटै रहेको र यसले अनावस्यक खर्च कटौटि गरि गरिने स सानु वचत ले भैपरि आउने जोखिम मा ठुलो आर्थिक सुरक्षा दिने र बुढेसकालको भविष्यको लागि टेवा पुग्ने भन्दै सुभ जन्मदिनमा सुभ कार्यको थालनि गर्नु भएकोमा सुभकामना र धन्यबाद दिनुभएको थियो ।

सम्बन्धित समाचार

मिथिला लघुवित्तको नाफा बढ्यो

beemaadmin
२०८१ बैशाख २४, सोमबार

आशा लघुवित्तको नाफा बढ्यो

beemaadmin
२०८१ बैशाख २४, सोमबार