free website hit counter

छ्याङ्दी हाइड्रोको हकप्रद खुल्यो

beemaadmin
२०७८ माघ ११, मंगलवार

काठमाडौं । छ्याङ्दी हाइड्रो पावरको हकप्रद सेयर आज अर्थात माघ ११ गतेदेखि खुला भएको छ । कम्पनीले साविकका सेयरधनीलाई १० सेयर बराबर नयाँ ३ सेयरको अनुपातमा ८ लाख ९३ हजार २५ कित्ता हकप्रद साधारण सेयर निष्काशन तथा बिक्री खुल्ला गरेको हो । कम्पनीले एक सय रुपैयाँ अंकित दरका ८ करोड ९३ लाख रुपैयाँ बराबरको हकप्रद बिक्रीमा राखेको हो । सो प्रयोजनको लागि कम्पनीले गत पुस २१ गते बुक क्लोज गरेको थियो । यससँगै पुस २० गतेसम्म कायम सेयरधनीले मात्र कम्पनीको हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।
उनीहरुले माघ ११ गतेदेखि फागुन २ गतेसम्ममा आवेदन दिन सक्ने छन् । कम्पनीको सेयर बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ । यससँगै आवेदन दिन योग्य सेयरधनीले ग्लोबल आईएमई क्यापिटलसहित ग्लोबल आईएमई बैंक लमजुङ्गका विभिन्न शाखाबाट आवेदन दिन पाउने छन् । साथै, उनीहरुले मेरो सेयर मार्फत पनि आवेदन दिन सक्ने छन् । हाल कम्पनीको चुक्ता पुँजी २९ करोड ७६ लाख रुपैयाँ छ । ३० प्रतिशत हकप्रद पछि कम्पनीको चुक्ता पुँजी ३८ करोड ६९ लाख रुपैयाँ नाघ्ने छ ।

सम्बन्धित समाचार