free website hit counter

छ जीवन बीमाको लाभांश घोषणा, छ वटाकै बाँकी

beemaadmin
२०८१ चैत्र ४, सोमबार

काठमाडौं । नेपालमा रहेका १२ वटा जीवन बीमा कम्पनीमध्ये हालसम्म ६ वटा कम्पनीले मात्रै लाभांश घोषणा गरेका छन् । यसरी लाभांश घोषणा गर्नेमा सिटिजन लाइफ, हिमालयन लाइफ, सानिमा रिलायन्स लाइफ, आइएमई लाइफ इन्स्योरेन्स, नेपाल लाइफ र सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् । अहिलेसम्म पनि लाभांश घोषणा नगर्नेमा नेसनल लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल, एसियन लाइफ, प्रभु महालक्ष्मी लाइफ, रिलायवल नेपाल लाइफ र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् । कम्पनी ऐन अनुसार आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र साधारण सभा गर्नुपर्छ ।

सिटिजन लाइफ इन्स्योरेन्स
कम्पनीले आर्थिक वर्ष २०८०–८१ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजीको कुल २८.४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। जसमा २६.९८ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १।४२ प्रतिशत नगद लाभांश छ। कम्पनीले बुक क्लोज गरिसकेको छ । कम्पनीको शेयर आइतबार ५ सय ३९ रुपैयाँमा अन्तिम कारोबार भयो ।

Advertisement
Advertisement

हिमालयन लाइफ इन्स्योरेन्स
नेप्सेमा सूचीकृत ३ वटा कम्पनीहरु प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ मर्जर भएर बनेको हिमालयन लाइफ इन्स्योरेन्सले गत वर्षको नाफाबाट मर्जरपछि पहिलो पटक लाभांश घोषणा गरेको हो । कम्पनीले गत वर्षको नाफाबाट १४ प्रतिशत बोनस शेयर दिने प्रस्ताव फागुन १९ गतेको १७ औं साधारण सभाबाट समेत पारित भइसकेको छ । यो कम्पनीको शेयर अहिले ४ सय ३१ रुपैयाँमा कारोबार भइरहेको छ ।

Advertisement
Advertisement

आइएमई लाइफ इन्स्योरेन्स
आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले शेयरधनीहरुका लागि आकर्षक प्रतिफल घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको २१.०५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ। कम्पनीले वार्षिक साधारण सभा पनि सम्पन्न गरिसकेर नगद लाभांश समेत वितरण गरिसकेको छ ।

नेपाल लाइफ इन्स्योरेन्स
कम्पनीले गत वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ जसमा कम्पनीले १० प्रतिशत बोनस शेयर वितरण गरेको छ भने ११.५ प्रतिशत नगद लाभांश वितरण गरेको छ। कम्पनीले २५ औँ वार्षिक साधारणसभा माघ २८ गते सम्पन्न गरिसकेको छ । कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत हुन बाँकी रहे पनि नगद लाभांश भने शेयरधनीको खातामा पठाइसकेको छ ।

सूर्यज्योति लाइफ इन्स्योरेन्स
कम्पनीले गत वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ जसमा कम्पनीले २० प्रतिशत नै नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। यस कम्पनीले साधारणसभा पनि सम्पन्न गरिसकेको छ। बीमा कम्पनीमध्ये सबैभन्दा पहिले साधारण सभा गर्ने कम्पनीमा समेत यस वर्ष सूर्यज्योति लाइफ इन्स्योरेन्स परेको छ ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स
कम्पनीले आर्थिक वर्ष २०८०–८१ का लागि गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई वितरणयोग्य लाभांशबापत चुक्ता पुँजीको कुल ९.२४८९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ जसमा १.२४८९ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश छन् । कम्पनीको बुक क्लोज गत फागुन २६ गते भइसकेको छ भने साधारण सभा आगामी चैत्र ८ गते शुक्रबार हुँदैछ ।

सम्बन्धित समाचार