free website hit counter

छ महिनामा निर्जीवन बीमकको बीमा शुल्क २३ अर्ब

beemaadmin
२०८२ माघ १५, बिहीबार

काठमाडौं । चालु आर्थिक वर्ष २०८२–८३ को पुस महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरुले साढे २३ अर्ब बढी कुल बीमा शुल्क संकलन गरेका छन्। बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्याङ्कअनुसार कम्पनीहरुले २३ अर्ब ६७ करोड ६२ लाख कुल बीमा शुल्क संकलन गरेका हुन्। कम्पनीहरुले १४ लाख १९ हजार ५४८ वटा बीमा पोलिसी जारी गरेको प्राधिकरणको तथ्यांक छ। पुस मसान्तसम्ममा सबैभन्दा धेरै शिखर इन्स्योरेन्सले बीमा शुल्क संकलन गरेको छ। कम्पनीले २ अर्ब ७७ करोड ६४ लाख बीमा शुल्क संकलन गरेको छ। यस्तै, दोस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले २ अर्ब ६१ करोड ३३ लाख बीमा शुल्क संकलन गरेको छ। तेस्रोमा हिमालयन एभरेष्ट इन्स्योरेन्सले २ अर्ब ४९ करोड २९ लाख कुल बीमा शुल्क संकलन गरेको छ। यस्तै, पुस मसान्तसम्ममा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २ अर्ब १९ करोड, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले २ अर्ब ६ करोड, एनएलजी इन्स्योरेन्सले १ अर्ब ८७ करोड, नेको इन्स्योरेन्सले १ अर्ब ८० करोड र यूनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ५३ करोड कुल बीमा शुल्क संकलन गरेका छन्। यसैगरी, ओरिएन्टल इन्स्योरेन्सले १ अर्ब ५० करोड, सानिमा जिआइसी इन्स्योरेन्सले १ अर्ब ४२ करोड नेपाल इन्स्योरेन्सले १ अर्ब १८ करोड, प्रभु इन्स्योरेन्सले ९३ करोड ७२ लाख रुपैयाँ बीमाशुल्क, नेशनल इन्स्योरेन्सले ६९ करोड ९३ लाख र राष्ट्रिय बीमा कम्पनीले ५६ करोड ७२ लाख बीमा शुल्क संकलन गरेका छन्।

सम्बन्धित समाचार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

मुलुकको भविष्य कोर्दैछन् मतदाता

beemaadmin
२०८२ फाल्गुन २१, बिहीबार