free website hit counter

जंगलमा मृत भेटिइन् पोर्नस्टार

beemaadmin
२०७९ असार २०, सोमबार

एजेन्सी । बेपत्ता भएकी एक जापानी वयस्क फिल्म स्टारको शव जंगलमा रुखमा बाँधिएको अवस्थामा फेला परेको छ । यस घटनामा हिरोयुकी साम्पेई नामका एक व्यक्तिलाई पक्राउ गरिएको छ । खासमा वयस्क फिल्मस्टारको शव भेटिएको ठाउँबाट साम्पेइको भिलाको दूरी १ किलोमिटरभन्दा कम थियो। रुखमा बाँधिएको अवस्थामा महिलाको शव नग्न अवस्थामा फेला परेको थियो । वयस्क स्टार रिना अरानोको शव जुन १४ मा फेला परेको स्थानीय अधिकारीहरुले खुलासा गरेका छन् । यस घटनामा प्रहरीले भनेको छ, ‘रिनाको शव रुखमा बाँधिएको थियो, शरीरमा कपडा थिएन।’
जापान टाइम्सले रिपोर्ट गरेको छ कि अहिलेसम्मको अनुसन्धान अनुसार, रिना र साम्पेई जुन ५ मा इबाराकी प्रान्तको रेलवे स्टेशनमा भेटेका थिए। त्यसपछि दुवैले ट्वीटरमा निजी सन्देश पठाए । रिना जून ८ मा बेपत्ता भएको परिवारले जानकारी दिए । साम्पेईले रिनालाई हितचियोटास्थित आफ्नो भिलामा लगेको प्रहरीले जनाएको छ । प्रहरीले साम्पेईलाई अपहरण र बन्धक बनाएको आरोपमा पक्राउ गरेको छ । साम्पेईले रिना अरानोलाई भिलामा ल्याएको स्वीकार गरेको प्रहरीले जनाएको छ । तर, आफूले (रिनालाई) जबरजस्ती रोकेको कुरा अस्विकार गरेका छन् । रिनाको फोन साम्पेईको घर भित्रबाट भेटिएको छ । साम्पेइले भने रिना आफै गएको दावी गरेका छन् । उनको शरीरमा बाहिरी चोटपटक भने भेटिएको छैन । रीनाको पोष्टमार्टम रिपोर्टको बारेमा जानकारी भने आउन सकेको छैन ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार