free website hit counter

जंगी स्वभावका सहसचिव लखेटिएको लखेटियै

beemaadmin
२०७७ असार २१, आईतवार

काठमाडौं । सामान्यतया सहसचिवहरुको सरुवा एक वर्षमा हुने गर्दछ । तर नेपालमा यस्ता सहसचिव छन् जसको सरुवा बिरालोको न्याउरो सारे जस्तो तीन तीन महिनामा हुन्छ । यस्ता पात्र हुन् सहसचिव शिवराम न्यौपाने । उनी सरुवा भएको स्थानमा मुस्किलले तीन महिना मात्रै टिक्ने गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा तीन महिनामै सरुवामा परे । त्यहाँ पनि तीन महिना कटाउन सकेनन् । फेरि उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयमा भयो । मन्त्रालयमा तीन महिना पनि टिक्न नसकेका न्यौपानेलाई राजनीतिक आस्थाका आधारमा त्यसबेलाको मन्त्रालयको नेतृत्वले उद्योग विभागको महानिर्देशकको जिम्मेवारी समेत दियो । महानिर्देशक पदमा पनि मुस्किलले तीन महिना बिताउन नपाएका न्यौपानेलाई पुनः अख्तियारमा सरुवा गरियो । अख्तियारबाट पनि त्यही हाराहारीमा कामकाज गरेका न्यौपानेलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा भए । सो मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाको जिम्मेवारी सम्हालेका न्यौपानेलाई करिब तीन महिनाकै हाराहरीमा वन तथा भू संरक्षण मन्त्रालयमा सरुवा गरियो । त्यहाँबाट महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयमा लकडाउन शुरु हुनु केही अघिमात्रै पुगेका न्यौपाने अहिलेको सरुवामा रक्षा मन्त्रालय पुगेका छन् । उनी पटक पटक सरुवामा पर्नुमा मन्त्रालयको नेतृत्व र मातहतका कर्मचारीले उनको व्यवहार मन नपराउनु नै हो । जंगी शैली अपनाउने न्यौपाने अहिले सेनाको समन्वय गर्ने रक्षा मन्त्रालयमा पुग्नुलाई उनको स्वभावअनुसारको जिम्मेवारी दिएको अर्थको रुपमा प्रशासन वृत्तमा चर्चा चलेको छ । यस्तै प्रकृतिका सहसचिव थिए, मधुसुदन बुर्लाकोटी । उनी पनि मुस्किलले तीन देखि पाँच महिनामा सरुवामा परिरहन्थे । उनी अहिले बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालबाट प्रदेश प्रमुखको कार्यालय बागमतीमा कार्यरत छन् ।

सम्बन्धित समाचार