free website hit counter

जग्गाको कित्ताकाट खुल्यो

beemaadmin
२०८० बैशाख ६, बुधबार

काठमाडौं । सरकारले जग्गाको कित्ताकाट खुला गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले भूउपयोग नियमावली २०७९ लाई संशोधन गर्दै कित्ताकाट खुला गरेको हो। बैठकले भू–उपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृति गर्ने निर्णय भएको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी छिन्। नियमावली नबनेको कारण रोकिएको घरजग्गा कारोबारमा कित्ताकाट तथा अंशबण्डालाई सहज बनाउनको लागि मन्त्रिपरिषद्ले भू–उपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृति गर्ने निर्णय गरेको उनले बताइन्।

सम्बन्धित समाचार