free website hit counter

जघन्य अपराधी, जसलाई दुई पटक मृत्युदण्डको आदेश

beemaadmin
२०७७ माघ २३, शुक्रबार

एजेन्सी । जघन्य अपराधका अपराधीलाई आजीवन जेल सजाय, १२० वर्ष जन्म कैद जस्ता निर्णय त हामीले सुनेतका थियौं तर यहाँ एक अपराधीलाई दुई पटक मृत्यु दण्डको फैसला भएको छ । अपराधीलाई दिइने सजायमध्ये सबैभन्दा कठोर सजाय मृत्युदण्ड मानिन्छ । तर, केही अपराध यतिसम्म गम्भीर र जघन्य हुन्छन् कि अदालतलाई मृत्युदण्डको सजाय पनि कम लाग्छ ।

पाकिस्तानको एक अदालतले एक अपराधीले गरेको अपराधलाई यतिसम्म गम्भीर र जघन्य ठहर गरेको छ कि ती अपराधीलाई एक पटक मात्र नभइ २ पटकसम्म मृत्युदण्ड दिने सजाय सुनाएको छ । आफ्नै ७ वर्षकी भतिजीलाई बलात्कार गरेर हत्या गर्ने व्यक्तिलाई अदालतले यति कठोर सजाय सुनाएको हो ।

पाकिस्तानी अखबार ट्रिब्युनका अनुसार शनिबार बलात्कार र हत्याका अभियुक्त वलीउल्लाह खानविरुद्ध फैसला सुनाउँदै रावलपिण्डीका एडिसनल जिल्ला तथा सेसन न्यायाधीश मसूद अख्तर कियानीले दोहोरो मृत्युदण्डका साथमा ६ लाख रुपैयाँ जरिवानाको सजाय समेत सुनाएका छन् । फैसला सुनाउँदै न्यायाधीशले ती व्यक्तिले गरेको अपराध जघन्य भएकोले उनी कुनै दयाको योग्य नभएको टिप्पणी गरे ।

अघिल्लो सुनुवाइमा अभियुक्तले पीडित बालिकाका पिता (आफ्ना दाजु) नुरुल्लाहसँग आफूलाई माफी दिन आग्रह गरेका थिए । उनले अदालतमै दाजुसँग माफी मागे पनि दाजुले उनलाई माफी दिन अस्वीकार गरेका थिए । नुरुल्लाहले माफीले आफ्नी छोरीको जीवन फर्काउन नसक्ने जवाफ दिएका थिए । नुरुल्लाहले अपराधी आफ्नै भाइ भए पनि उनलाई जघन्य अपराधको लागि कठोर सजाय दिनुपर्ने बताएका थिए ताकि यो केस यस्तै अन्य घटनाहरुको लागि नजीर बन्न सकोस् । यही हप्ताको सुरुवातमा अदालतले आफ्नो फैसला सुरक्षित गरेको थियो ।

शनिबार अभियुक्तलाई सजाय सुनाइएपछि पीडित परिवारले सन्तोष व्यक्त गरेका छन् । अदालतबाहिर मिडियासँग कुरा गर्दै नुरुल्लाहले अपराधी आफ्ना भाइ भए पनि कठोर सजायको लायक भएको बताउँदै अदालतले आफ्नो परिवारलाई न्याय दिएकोमा धन्यवाद दिए । वलीउल्लाहविरुद्ध आफ्नी ७ वर्षकी भतिजी सिदरालाई बलात्कार गरेपछि सिरानीले मुख थिचेर हत्या गरेको अभियोगमा २०१९ को नोभेम्बर २२ मा मुद्दा दर्ता गरिएको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार