free website hit counter

जता फर्के पनि श्रीमती

beemaadmin
२०७८ माघ २२, शनिबार

एजेन्सी । दुई जोइका पोई कुनापसी रोई भन्छन् । र एक युवक दुई होइन चारवटा दुई अर्थात् आठ श्रीमतीका साथ खुशी साथ रमाइरहेका छन् । थाइल्याण्डमा ८ जना युवतीलाई एक युवा ट्याटु आर्टिस्टसँग प्रेम भयो । त्यसपछि यी सबै युवतीहरु उनै युवक ओंग डेम सोरोतसँग बिहे गरेर एउटै घरमा बस्छन् । आश्चर्यको कुरा यी ८ सौताहरुको आपसमा अहिलेसम्म कहिल्यै झगडा भएको छैन । अहिले यी ट्याटु आर्टिस्ट आफ्नो कलाको कारणले भन्दा पनि ८ जना पत्नीका कारण संसारभरका मिडियामा चर्चामा छन् । गत हप्ता उनले थाइल्याण्डको एक कमेडी टेलिभिजन च्यानललाई अन्तरवार्ता दिए । त्यसपछि मानिसहरुले उनको बारेमा इन्टरनेटमा सर्च गर्न थाले ।
अहिले सोरोत र उनका ८ पत्नीहरुले हरेक दिन कुनै न कुनै फोटोसेसन गराइरहेका छन् । सोरोतका अनुसार उनका हरेक पत्नीको आफ्नै विशेषता छ । सोरोत थाइल्याण्डको परम्परागत ट्याटु यन्त्राका मास्टर हुन् । उनले टेलिभिजनमा आठै जना पत्नीसहित अन्तरवार्ता दिएका थिए । अन्तरवार्तामा उनले यी ८ पत्नीमध्ये कोसँग कहिले र कहाँ भेटे र बिहे कसरी भयो भन्ने पनि बताएका छन् । यी महिलाहरुले सोरोतलाई संसारकै सबैभन्दा असल पुरुष भनेका छन् ।
सोरोतका अनुसार उनकी पहिली पत्नीको नाम नोंग स्प्राइट हो । उनीसँग एक साथीको बिहेमा भेट भएको थियो । दोस्रीको नाम नोंग एल हो । उनीसँग बजारमा भेट भएको थियो । तेस्री पत्नी नोंग नेनसँग उनले एक अस्पतालमा भेटेका थिए । चौथी, पाँचौं र छैटौं पत्नीसँग सामाजिक संजालमार्फत भेट भएको थियो । सातौं पत्नीसँग मन्दिरमा भेट भएको थियो ।
ओडिटी सेन्ट्रलमा प्रकाशित रिपोर्टका अनुसार सबैभन्दा रोचक कहानी उनकी आठौं पत्नीसँग भेट हुँदाको छ । सोरोतले भने ‘म आफ्ना ४ पत्नीहरुलाई लिएर पटायामा विदाको मजा लिइरहेको थिएँ । त्यहीँ नोंगसँग भेट भयो । उनले पनि मेरी सहयात्री बन्ने निर्णय गरिन् । अन्य पत्नीहरुलाई पनि कुनै आपत्ति थिएन ।’

सोरोतको घरमा ८ पत्नी र एक बच्चा छन् । यी बच्चाकी आमा सोरोतकी पहिली पत्नी हुन् । त्यसो त घरमा अरु सन्तान पनि आउँदैछन् । सोरोतका अनुसार उनका अरु २ जना पत्नी गर्भवती छन् । घरमा ४ बेडरुम छन् र हरेक बेडरुममा २ जना पत्नी बस्छन् । सबैले साथमा बस्न कुनै सास्या नभएको र उनहिरुबीच कुनै कुरामा झगडा नभएको बताएका छन् । सोरोतकी पहिली पत्नीका अनुसार उनले नै पतिलाई दोस्रो बिहे गर्न अनुमति दिएकी थिइन् । अन्य ७ महिलाहरुले पनि आफूहरुलाई सोरोत पहिले नै विवाहित भएको थाहा भएको बताउँछन् । यति हुँदाहुँदै पनि उनीसँग प्रेम भयो । उनीहरुले खुसीसाथ यो जीवन स्वीकार गरे । सोरोत सबैलाई धेरै ख्याल गर्छन् । पछिल्ला पत्नीहरुका परिवारले पहिले यो फैसलाको विरोध गरेका थिए तर पछि स्वीकार गरे ।

सोरोत भन्छन् ‘मैले सबै पत्नीहरुलाई भनिसकेको छु कि भविष्यमा उनीहरुलाई हरु कुनै व्यक्तिसँग प्रेम भयो भने नहिच्किचाइ मलाई बताउनु । म उनीसँग तीन पटक सोध्नेछु कि के उनी मलाई छोड्न चाहन्छिन् रु यदि उनीहरुले छोड्न चाहने जवाफ दिए भने मैले उनलाई खुसीसाथ जाने अनुमति दिनेछु ।’
सोरोत भन्छन् ‘सामाजिक संजालमा मानिसहरु धेरै किसिमका अनुमान गर्छन् । जस्तो कि म धेरै धनी छु त्यसैले ८ जना पत्नीको खर्च उठाउन सकिरहेको छु । विश्वास गर्नुस् यी सबै गलत कुराहरु हुन् । म धनी छैन । हामी सबैले काम गर्छौं र आफ्नो आवश्यकता अनुसार पैसा कमाउँछौं ।’

सम्बन्धित समाचार

पाल्पा सिमेन्टको आईपीओ भयो बाँडफाँट

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार

सक्रिय जीवन बीमालेख १४.५७ प्रतिशतले वृद्धि

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार