free website hit counter

जनकपुरमा किन फाले महिलाले सडकमा पैसा ?

beemaadmin
२०७७ बैशाख ६, शनिबार

जनकपुर । जनकपुरधाममा २ जना महिलाले सडकमा यत्रतत्र १० रुपैयाँका नोट फ्यालेर भागेपछि स्थानीय त्रसित बनेका छन् । कोरोना भाइरस संक्रमण फैलने उद्देश्यले सो पैसा फालिएको आशंका स्थानीयले गरेका छन् । जनकपुरधाम–४ मा पर्ने महावीर चोकमा अपरिचित २ महिलाले सडक र पसल अगाडी रकम फ्यालेर भागेका थिए ।
शुक्रबार करिब १ बजे २ जना महिलाले १० रुपैयाँको नोट फालेका थिए । निलो र हरियो रंगको साडी लगाएका ती महिलाले करिब सय मिटरको दूरीसम्म सडक र पसलअगाडि पैसा फ्यालेको स्थानीयवासीहरुले बताएका छन् । मुस्लिमजस्तै देखिने ती महिलालाई स्थानीले पैसा किन फ्यालेको भनी सोध्दा उनीहरु भागेका थिए । तीन चारजना बटुवाले उनीहरुले फ्यालेको नोट सडकबाट उठाएका छन् । घटनालगत्तै स्थानीयवासीले प्रहरीलाई जानकारी गराएका थिए भने प्रहरी टोलीले नोट छरिएको ठाउँमा सेनिटाइजर छर्केको र सडकमा छरिएका केही नोट उठाएको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार