free website hit counter

जनताको पो उपचार गर्दैन त, थप उपचारका लागि मुख्यमन्त्री पौडेललाई सेनाको हेलिकप्टरमा काठमाडौं ल्याइयो

beemaadmin
२०७७ कार्तिक ७, शुक्रबार

हेटौंडा । बाँच्ने इच्छा भए आफ्नो उपचार आफैंले गर्नु भनेर सरकारले निर्देशन दिए पछि ठूला बडाका लागि केही भइहाल्ला कि भनेर हेलिकोप्टरै प्रयोग भइरहेका छन् ।

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोना भाइरस संक्रमण पुष्टि भएपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत् काठमाडौं गएका छन् । हो मुख्यमन्त्री पौडेलले उपचार पाउनुपर्छ, तर मुख्यमन्त्री मात्रै होइन आम नेपालीले पौडेलकै जत्तिको सुविधा पाउनुपर्छ । बिहीबार मुख्यमन्त्रीसहित उनका पत्नी, एक जना सुरक्षाकर्मी, २ जना चालक र एकजना कार्यालय सहयोगीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

हेटौंडाको सामरीस्थित नेपाली सेनाको मध्यपृतना हेडक्वार्टरबाट शुक्रबार दिउँसो करिब १ बजे नेपाली सेनाको हेलिकप्टरमार्फत् थप उपचारका लागि पत्नीसहित मुख्यमन्त्री पौडेल काठमाडौं गएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । पौडेलको उपचार गंगालाल हृदय रोग केन्द्र बाँसबारीमा हुने बताइएको छ ।

मुख्यमन्त्रीको स्वास्थ्यमा खासै समस्या देखिएको छैन । केही सयम अगाडि मुटुको अप्रेशन गरिएको थियो । जसको कारणले समयमै सावधानी अपनाइएको हो, मुख्यमन्त्रीको सचिवालयले भनेको छ । सचिवालयका अनुसार गत जेठ १९ गते गंगालालमै मुख्यमन्त्री पौडेलको नियमित स्वास्थ्य परीक्षणका क्रममा मुटुमा समस्या देखिएपछि उनको एनजिओप्लास्टी गरिएको थियो ।

काठमाडौंमा राजनीतिक भेटघाट गरेर फर्किने क्रममा रुघाखोकीसहित कोरोनाको सामान्य लक्षण देखिएपछि बुधबार मुख्यमन्त्री पौडेलको स्वाब परीक्षण गरिएको थियो । हेटौंडा–१० स्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रादेशिक ल्याबमा गरिएको परीक्षणमा ७३ वर्षीय मुख्यमन्त्री पौडेलको कोरोना रिपोर्ट पोजिटिभ आएको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार