free website hit counter

जनता आवास कोषले नाफा बाँड्ने

beemaadmin
२०७६ कार्तिक २८, बिहीबार

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडद्वारा संचालित जनता अवकाश कोषले आर्थिक वर्ष २०७५÷७६ को मुनाफाबाट कोषमा सहभागि संचयकर्ताहरुलाई निजहरुको २०७६ आषाढ मसान्तसम्ममा कायम रहेको संचित रकमको १ प्रतिशतका दरले मुनाफा वितरण गर्ने निर्णय गरेको छ । २०७६ कार्तिक २१ गते बसेको कोष संचालक समितिको बैठकले कोषको आर्थिक बर्ष २०७५÷७६ को वासलात, नाफा–नोक्सान हिसाव, नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरु तथा अन्य सम्पूर्ण वित्तीय विवरणहरु स्वीकृत गरेको जनाइएको छ ।
कोषले सहभागी संचयकर्ता÷बचतकर्ताहरुको संचित मौज्दात रकममा बार्षिक ८.५० प्रतिशतका दरले व्याज प्रदान गर्दै आएको छ । साथै सहभागिले संचित रकमको ९० प्रतिशतसम्म सापटी लिनसक्ने व्यवस्था गरेको छ । कोषले सहभागी संचयकर्ता÷बचतकर्ताहरुलाई सुत्केरी स्यहार खर्च रु. १०,०००/– र काजक्रिया खर्च रु. १०,०००/– को व्यवस्था गरेको बताइएको छ ।
आयकर ऐन, २०५८ को दफा ६३ को उपदफा (१) र आयकार नियमावली २०५९, को नियम २० को उपनियम (२) बमोजिम आन्तरिक राजश्व विभागबाट स्वीकृत प्राप्त अवकाश कोषका रुपमा स्वीकृती प्राप्तगरी संचालनमा रहेको कोषले बैंक, वित्तीय संस्था, अन्य संगठित संघ, संस्था, प्रतिष्ठान, बिद्यालय, उद्योग, व्यवसाय र करयोग्य आय भएका परामर्शदाता, चिकित्सक, इन्जिनियर, कानून व्यवसायीहरुलाई अवकाश कोष सम्बन्धि सेवा प्रदान गरिरहेकोछ । जनता अवकाश कोषका सहभागीहरुले जनता बैंक नेपाल लिमिटेडका नेपालभर रहेका सम्पूर्ण शाखाहरु मार्फत सेवा लिने सक्ने जनाइएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार