free website hit counter

जनता बैंकले बढायो नाफा

beemaadmin
२०७६ कार्तिक २५, सोमबार

काठमाडौं । जनता बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्ममा खुद नाफा १३.९७ प्रतिशतले वृद्धि गरेको छ । बैंकले अघिल्लो आवको प्रथम त्रैमाससम्म रहेको ३२ करोड १९ लाख रुपैयाँ खुद नाफालाई ३६ करोड ६९ लाख रुपैयाँमा बढाएको वित्तीय विवरण सार्वजानिक गरेको हो।
समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा १८ करोड ५४ लाख रुपैयाँ छ। यस्तै बैंकको शेयरधनी कोष पनि ९६ करोडबाट १९ प्रतिशतले वृद्धि भई एक अर्ब १४ करोड ५७ लाख पुगेको छ । परसुराम कुँबर सीईओ भएपश्चात समग्र सूचाङ्कहरुमा प्रगति गर्दै आएको बैंकले खर्चप्रणाली पनि व्यवस्थित बन्दा बैंकको प्रगति देखिएको हो । आठ अर्ब रुपैयाँमा चुक्ता पूँजी ८ स्थिर रहेको बैंकले जगेडा कोष ९.६० प्रतिशतले बढाएर अझै मजबुत बनाउँदै लगेको छ।
ग्लोबल आइएमई बैंकसँग मर्जरको सहमति भइसकेका कारण बैंकको निक्षेप संकलन र कर्जा प्रवाहमा भने सुस्तता छ । दुबैको वृद्धि ३ प्रतिशत हाराहारीमा मात्र देखिन्छ। बैंकले गत आवको मुनाफाबाट ६ प्रतिशत बोनस र ६ प्रतिशत नगद लाभांश अनुमोदन गराउन मंसिर २ गते साधारण सभा आह्वान गरेको छ । सभाले ग्लोबलसँगको मर्जरलाई पनि अन्तिम स्वीकृति प्रदान गर्नेछ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार