free website hit counter

जनरल इन्स्योरेन्सको चौथो साधारणसभा सम्पन्न

beemaadmin
२०७९ असार १, बुधबार

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको चौथो साधारण सभा सम्पन्न भएको छ । राजधानीमा सम्पन्न साधारणसभामा संचालक समितिको तर्फबाट अध्यक्ष कुनाल कयालले आर्थिक बर्ष २०७७–७८ को बार्षिक प्रतिवेदन पेश गरेका थिए । सो प्रतिवेदन छलफलपछि पारित भएको छ । त्यस्तै लेखापरीक्षण प्रतिवेदन आर्थिक वर्षसहितको असार मसान्तसम्मको वासलात, नाफा नोक्सान तथा नगद प्रवाह सम्बन्धी अनुसूचि माथि छलफल गरी पारित भएको छ ।
त्यस्तै, आर्थिक बर्ष २०७८–७९ को लेखापरीक्षण समितिको सिफारिस महालेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक लगायतका एजेण्डा पारित गर्र्दै सभा सम्पन्न भएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित समाचार