free website hit counter

जनरल इन्स्योरेन्सको नाफा ३ करोड

beemaadmin
२०७७ बैशाख २९, सोमबार

कामठाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा जनरल इन्स्योरेन्स कम्पनीले ३ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ७८ लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा इन्स्योरेन्सले २ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १९ करोड ५० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा इन्स्योरेन्सले ९ करोड ७४ लाख रुपैयाँ मात्रै खुद बीमाशुल्क आर्जन गरेको थियो । यस अवधिमा कम्पनीले पुनर्बीमा कमिशनबाट ५ करोड ८७ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्य आयबाट एक करोड ९८ लाख रुपैयाँ आम्दानी गरेको छ ।
चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३ करोड ७६ लाख, बीमा कोषमा ४ करोड ११ लाख र महाविपत्ती जगेडा कोषमा ४२ लाख रुपैयाँ सञ्चित छ । यस अवधिसम्ममा इन्स्योरेन्सले कुल ४० हजार ६५७ बीमालेख जारी गरी ४१ करोड ६१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यस अवधिमा कम्पनीको २ हजार ४५८ वटा बीमालेख नविकरण भएका छन् ।
कम्पनीले कुल ५८३ दाबी बापत ८ करोड ९३ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ७४५ दाबी बापतको ११ करोड ८१ लाख रुपैयाँ भुक्तानी हुन बाँकी छ । यस्तै, कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ८५ पैसा, प्रतिशेयर नेटवर्थ १११ रुपैयाँ ८४ पैसा रहेको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सक्रिय जीवन बीमालेख १४.५७ प्रतिशतले बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार