free website hit counter

जनरल इन्स्योरेन्सले आईपीओ निष्काशन प्रकृया अघि बढायो

beemaadmin
२०७६ आश्विन १४, मंगलवार

काठमाडौं । चुक्ता पुँजी पुर्याउनका लागि बीमा समितिले दिएको निर्देशन बमोजिम जनरल इन्स्योरेन्स कम्पनीले प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने प्रकृया अघि बढाएको छ। इन्स्योरेन्सले हाल कायम जारी पूँजी १ अर्ब रूपैयाँको ३० प्रतिशत अर्थात ३० करोड रुपैयाँ बराबरको आईपिओ जारी गर्ने भएको छ ।

कम्पनीको साउन २९ गते सम्पन्न प्रथम वार्षिक साधारण सभाले पारित गरेको आईपीओ निष्काशन गर्न शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको छ ।

शेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा जनरल इन्स्योरेन्सका तर्फबाट महाप्रबन्धक एसके टमोट र एनआईबिएल एस क्यापिटल तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापाले हस्ताक्षर गरेका छन् । सर्वसाधारणहरुलाई ३० करोड रुपैयाँ बराबरको शेयर निष्काशन गरी बाँडफाँड गरेपछि जनरल इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब रुपैयाँ पुग्नेछ । हाल कम्पनीको अधिकृत पूँजी २ अर्ब, जारी पूँजी १ अर्ब र चुक्ता पूँजी ७० करोड रूपैयाँ छ।

सम्बन्धित समाचार