काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै आफ्नो व्यवसायमा राम्रो प्रगति गरेको देखाएको छ ।
कम्पनीको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीले खुद बीमा शुल्क आर्जन तथा मुनाफामा उल्लेख्य रुपमा बृद्धि गर्न सफल भएको छ । गत आर्थिक वर्षको समीक्षा अवधीमा जम्मा ५८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड ३७ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ ।
कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद बीमा शुल्क आम्दानी बृद्धि गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्ष ७ करोड ५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ९ करोड ७५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।
त्यस्तै कम्पनीको कूल बीमा शुल्क समेतमा बृद्धि भएको छ । गत आवमा १४ करोड १० लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेकोमा यस आवको पहिलो तीन महिनामा १९ करोड पाँच लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको छ ।
कूल ७० करोड चुक्ता पुँजि रहेकोमा यसै त्रैमासमा कम्पनीले ३० करोड रुपैयाँ चुक्ता पुँजि थप गरी एक अर्ब चुक्ता पुँजि बनाउन सफल भएको छ । कम्पनीले आईपिओ जारी गरेर चुक्ता पुँजि पुराएको हो ।