free website hit counter

जन्मदिनमा छोरीलाई बीमा पोलिसी उपहार

beemaadmin
२०८१ कार्तिक ९, शुक्रबार

काठमाडौं । पछिल्लो समय जन्मोत्सव, विवाह, वर्षगाँठ तथा जन्मोत्सवमा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । होटेल तथा रेस्टुरेन्टहरुमा गई लाखौं खर्च गरि विभिन्न उत्सवहरु मनाउनुको साटो बीमा गरेर पोलिसी उपहार दिने प्रचलनले समाजमा बचत गर्ने प्रवृत्तिको बिकास भएको हो । यसै क्रममा हेमादेवी श्रेष्ठले आफ्नो जन्मदिनको अवसरमा छोरी एनिषा श्रेष्ठलाई जीवन बीमा उपहार दिएकी छन् । दोललघाट निवासी अष्टबहादुर श्रेष्ठ र श्रीमती हेमादेवी श्रेष्ठले आफ्नो जन्मदिनमा अरु फजुल खर्च गर्नुभन्दा आफ्नो छोरीलाई जीवन उपहार दिए भविष्यमा आइपर्न सक्ने जोखिम लाई न्युनिकरण गर्छ भन्ने उद्देश्यले बीमा पोलिसी उपहार दिएका हुन् । हेमादेवी श्रेष्ठका श्रीमान हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा एजेन्सी म्यानेजर (एमडीआरटी, सिओटी) छन् । उनले जन्मदिनमा फजुल खर्च गर्नुभन्दा बीमा गर्दा बचत सुरक्षा हुने भएकाले सबैजनाले बीमा गर्नुपर्ने बताए ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार