free website hit counter

जब सीडीओ र सहायक सीडीओलाई कोरोना संक्रमण भयो

beemaadmin
२०७७ आश्विन १६, शुक्रबार

काठमाडौं । अर्घाखाँचीमा प्रमुख जिल्ला अधिकारी सहित ६ जनामा कोरोना पुष्टि भएको छ । पुष्टि हुनेमा प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापा, दुई जना स्वास्थ्य क्रमी रअन्य दुई जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय अर्घाखाँचीले जनाएको छ । प्रजिअ पौडेललाई ज्वरो, रूघाखोकी लागेपछि बुधबार पीसीआर परीक्षण गरिएको थियो । बिहीबार साँझ उहाँको रिपोर्ट पोजेटिभ आएको हो, सहायक प्रजिअ खनालले भने, अहिले उहाँको स्वास्थ्यमा कुनै समस्या छैन । उहाँ होम आइसोलेसनमा बस्नु भएको छ । सहायक प्रजिअ थापामा भने कुनै लक्षण नदेखिएको उनले बताए । जिल्लाका विभिन्न क्षेत्रमा बाढी र पहिरोबाट प्रभावितहरुको उद्धार, राहत तथा पुनःस्थापना लगायतका कार्यमा प्रजिअ पौडेल लगायत खटिनु भएको थियो, खनालले भने, सोही क्रममा संक्रमण भएको हुन सक्छ ।
प्रजिअ पौडेलले शुक्रबार एक सूचना जारी गर्दै भनेका छन्, विगत केही दिनदेखि जिल्लामा उत्पन्न विपद्जन्य घटनाहरुको उद्धार, राहत र पुनःस्थापना लगायतका कार्यहरुमा दिनरात नभनी खटिँदा खटिँदै हामी कोरोना संक्रमति हुन पुगेका छौं । हामी कामको शिलशिलामा विभिन्न महानुभावहरुको सम्पर्कमा पुगेका पनि थियौं । हामीसँग सपर्कमा आउनुभएका महानुभावहरुलाई संयमित भई उच्च मनोवलका साथ स्वास्थ्य मापदण्ड पालना गरी कोभिड १९ विरुद्ध उच्च सर्तकता अपनाउनु हुन विनम्र अनुरोध गर्दछौं । प्रशासन कार्यालयबाट हुने अत्यावश्यक सेवाहरु भने निरन्तर सञ्चालन हुने सूचनामा उल्लेख छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार