free website hit counter

जसमाथि लाग्यो युवकमाथि यौन शोषणको आरोप

beemaadmin
२०७८ माघ १४, शुक्रबार

एजेन्सी । युवतीहरु बढी हिंसाको शिकार हुने गरेका छन् । यौन हिंसा होस् या अन्य हिंसा बढी युवतीहरुमाथि नै हुने गरेको छ । तर यहाँ एकजना युवकले आफू युवतीबाट पटक पटक यौन शोषणमा परेको आरोप लगाएका छन् । अमेरिकी टिकटकर ज्याक राइटले आफ्नी साथी तथा सोसल मिडिया स्टार सिएना मे गोमेजमाथि यौन उत्पीडनको आरोप लगाएका छन् । ज्याक र सिएना दुवैको उमेर १८ वर्ष छ र दुवै सामाजिक संजालमा निकै चर्चित छन् । १८ वर्षीय ज्याक राइटले हालै आफ्नो युट्युब च्यानलमा १७ मिनेटको एउटा भिडियो शेयर गरेका थिए जसको शीर्षक थियो ‘सिएना मेले मसँग जे गरिन् ।’ यो भिडियोमा ज्याकले आफ्नी पूर्व मित्र र अनलाइन सहयोगी सिएना गोमेजमाथि यौन शोषणका कैयौं आरोप लगाएका छन् ।

ज्याकले आफूमाथि सिएनाले गरेका यौन उत्पीडनका ४ घटनाबारे बताएका छन् । यीमध्ये एउटा घटना अमेरिकाको हवाइमा मे २०२१ मा भएको उनले बताएका छन् । यो घटनाको एउटा भिडियो पनि सार्वजनिक भएको छ । भिडियोमा सिएना ज्याक राइटलाई अभद्र तरिकाले किस गरिरहेकी देखिएकी छिन् । यो भिडियोका आधारमा ज्याकले सिएनाले त्यो दिन फाइदा उठाउने कोसिस गरेको आरोप लगाएका छन् ।

डेलीमेलको रिपोर्टअनुसार ज्याकले भनेका छन् ‘गोमेजले मेरो फाइदा उठाइन्, नसोधिकन मेरो शरीरलाई छोइरहिन् ।’ ज्याकका अनुसार सिएनाले यो सब त्यतिबेला गरेकी थिइन् जतिबेला उनी एउटा पार्टीमा सोफामा अर्धचेत अवस्थामा थिए । यो कथित यौन उत्पीडनको भिडियोलाई सामाजिक संजालमा ज्याकका एक साथीले शेयर गरेका थिए । यी साथीले घटनाको समय आफू ज्याकको छेउमै भएको दावी गरेका छन् । यी साथीका अनुसार उनैले सिएनाबाट ज्याकलाई अलग गरेका थिए ।

ज्याकले यसका अलावा सिएनामाथि कुटपिटको आरोप पनि लगाएका छन् । ज्याकका अनुसार सिएना गोमेज उनकी बाल्यकालकी साथी थिइन् । उनी जबरजस्ती उनको घरमा आउँथिन् । एक रात सिएनाले ज्याकको कपडा च्यातिदिएकी थिइन् र उनीसँग शारीरिक सम्बन्ध राख्ने कोसिस गरेकी थिइन् । ज्याकको दावी अनुसार उनले पटक पटक सिएनालाई यसो नगर्न भनेका थिए तर सिएनाले आफ्ना हर्कत बन्द गरिनन् । कैयौं पटक आफू चिसो भुइँमा वा घरबाहिर सुत्नु परेको उनले बताए । उनले सिएनाको उग्र व्यवहार कैयौं पटक पार्टीमा पनि देखिने बताएका छन् ।

सिएनाले भने यी आरोप अस्वीकार गरेकी छिन् । उनका प्रतिनिधिले ज्याक र उनका साथीको दावीलाई ‘काल्पनिक’ र ‘बदनाम गर्ने षड्यन्त्र’ भनेका छन् । प्रतिनिधिले ज्याक र सिएनाबीच ‘सहमति र सौहार्दपूर्ण’ सम्बन्ध रहेको दावी गरे । गोमेजका प्रतिनिधिले एक बयानमा भनेका छन् ‘यी आरोप न केवल निराधार र झुटा छन्, उनको पछिल्लो भिडियो जारी हुनु यो कुराको संकेत हो कि ज्याक र उनका केही साथीहरु आफ्नो झुट अगाडि बढाउनको लागि बैशाखीको रुपमा भिडियोको प्रयोग गरिरहेका छन् ।’

सम्बन्धित समाचार

सुनको मूल्यमा भारी गिरावट

beemaadmin
२०८३ जेष्ठ १, शुक्रबार

सलिकोको नाफा १३ करोड ३२ लाखमा सीमित

beemaadmin
२०८३ बैशाख ३१, बिहीबार