free website hit counter

जसलाई इन्गेजमेन्टको अघिल्लो दिन आत्महत्या गर्न बाध्य बनाइयो

beemaadmin
२०७७ असार १०, बुधबार

विराटनगर । प्रेमका नाममा खुलेका युवा पुस्ताबीच विकृति पनि बढेर गएको छ । इन्गेजमेन्ट हुने अघिल्लो दिन विराटनगरमा २४ वर्षीया युवतीले आत्महत्या गरेकी छिन् । उदयपुर बेलका नगरपालिका–२ निवासी २४ वर्षीया श्वेता पोखरेलले आइतबार साँझ झुण्डिएर आत्महत्या गरेकी हुन् । बाबुआमाको सहमति अनुसार विराटनगर–३ का २८ वर्षीय युवकसँग उनको विवाह हुने तय भएको भएपछि उनले जीवनै त्याग्ने अवस्था आयो । उनको आत्महत्या पछि उनको परिवारले आत्महत्या नभएर आत्महत्या दुरुत्साहन भएको भन्दै किटानी जाहेरी दिएका छन् । मृतककी बहिनी सरीता पोखरेलको जाहेरीका आधारमा आत्माहत्या दुरुत्साहन गरेको आरोपमा प्रहरीले सुन्दरहरैंचा–१० का सबिन पराजुलीलाई नियन्त्रणमा समेत लिईसकेको छ । उदयपुरकी स्वेता विराटनगर–३ मा कोठा लिएर महेन्द्र मोरङ क्याम्पसमा अध्ययन गर्दै आइरहेकी थिइन् । उनी सौर्य बचत तथा ऋण सहकारी संस्थामा कार्यरत समेत थिइन् । घटनाको कारण स्वेता तीन वर्षदेखि मोरङ सुन्दरहरैंचा–१० निवासी सविन पराजुलीसँग प्रेम सम्बन्धमा थिइन् । दुवैजना महेन्द्र मोरङ क्याम्पसमा अध्ययनरत थिए । विवाह गर्नका लागि स्वेताले आफ्ना प्रेमी सविनसँग बारम्बार आग्रह गरिन् । तर, सबिनले उनीसँग तत्काल विवाह गर्न मानेनन् । त्यसपछि श्वेताले परिवारसँगको सल्लाहमा परिवारले नै खोजेको केटासँग मागी विवाह गर्ने निर्णयमा पुगिन् । असार १४ गते विराटनगरका २८ वर्षीय युवक र स्वेताबीच विवाह गर्ने तय भयो । त्यसअघि असार ८ गते इन्गेजमेन्ट गर्ने तयारी थियो । पूर्वप्रेमीले स्वेताको इन्गेजमेन्ट र विवाह हुन लागेको कुरा थाहा पाए । उनले श्वेताको विवाह भाँड्ने योजना बनाए । प्रेमसम्बन्धमा रहँदा आफूसँगै बिताएका स्वेताका फोटो, भिडियो उनले सामाजिक सञ्जालमा शेयर गर्न थाले । श्वेताको विवाह हुँदै गरेको घरसम्म तथा हुनेवाला श्रीमानसम्म पनि स्वेताको फोटोहरु पुग्यो । स्वेतामाथि दबाब इन्गेजमेन्टको अघिल्लो दिनसम्ममा श्वेतामाथि सबिनले निकै दबाब दिएको परिवारले आरोप लगाएको छ । आफ्नो फोटोहरु सार्वजनिक भएपछि श्वेताले यूएईमा रहेकी दिदीलाई सबै कुरा बताएकी थिइन् । आफूलाई सम्हाल्न नसकेपछि आइतबार साँझ स्वेताले आतमहत्याको बाटो रोजेकी थिइन् । परिवारले दिएको जाहेरीका आधारमा आरोपित युवकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको मोरङ प्रहरीका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार