free website hit counter

जसलाई इन्गेजमेन्टको अघिल्लो दिन आत्महत्या गर्न बाध्य बनाइयो

beemaadmin
२०७७ असार १०, बुधबार

विराटनगर । प्रेमका नाममा खुलेका युवा पुस्ताबीच विकृति पनि बढेर गएको छ । इन्गेजमेन्ट हुने अघिल्लो दिन विराटनगरमा २४ वर्षीया युवतीले आत्महत्या गरेकी छिन् । उदयपुर बेलका नगरपालिका–२ निवासी २४ वर्षीया श्वेता पोखरेलले आइतबार साँझ झुण्डिएर आत्महत्या गरेकी हुन् । बाबुआमाको सहमति अनुसार विराटनगर–३ का २८ वर्षीय युवकसँग उनको विवाह हुने तय भएको भएपछि उनले जीवनै त्याग्ने अवस्था आयो । उनको आत्महत्या पछि उनको परिवारले आत्महत्या नभएर आत्महत्या दुरुत्साहन भएको भन्दै किटानी जाहेरी दिएका छन् । मृतककी बहिनी सरीता पोखरेलको जाहेरीका आधारमा आत्माहत्या दुरुत्साहन गरेको आरोपमा प्रहरीले सुन्दरहरैंचा–१० का सबिन पराजुलीलाई नियन्त्रणमा समेत लिईसकेको छ । उदयपुरकी स्वेता विराटनगर–३ मा कोठा लिएर महेन्द्र मोरङ क्याम्पसमा अध्ययन गर्दै आइरहेकी थिइन् । उनी सौर्य बचत तथा ऋण सहकारी संस्थामा कार्यरत समेत थिइन् । घटनाको कारण स्वेता तीन वर्षदेखि मोरङ सुन्दरहरैंचा–१० निवासी सविन पराजुलीसँग प्रेम सम्बन्धमा थिइन् । दुवैजना महेन्द्र मोरङ क्याम्पसमा अध्ययनरत थिए । विवाह गर्नका लागि स्वेताले आफ्ना प्रेमी सविनसँग बारम्बार आग्रह गरिन् । तर, सबिनले उनीसँग तत्काल विवाह गर्न मानेनन् । त्यसपछि श्वेताले परिवारसँगको सल्लाहमा परिवारले नै खोजेको केटासँग मागी विवाह गर्ने निर्णयमा पुगिन् । असार १४ गते विराटनगरका २८ वर्षीय युवक र स्वेताबीच विवाह गर्ने तय भयो । त्यसअघि असार ८ गते इन्गेजमेन्ट गर्ने तयारी थियो । पूर्वप्रेमीले स्वेताको इन्गेजमेन्ट र विवाह हुन लागेको कुरा थाहा पाए । उनले श्वेताको विवाह भाँड्ने योजना बनाए । प्रेमसम्बन्धमा रहँदा आफूसँगै बिताएका स्वेताका फोटो, भिडियो उनले सामाजिक सञ्जालमा शेयर गर्न थाले । श्वेताको विवाह हुँदै गरेको घरसम्म तथा हुनेवाला श्रीमानसम्म पनि स्वेताको फोटोहरु पुग्यो । स्वेतामाथि दबाब इन्गेजमेन्टको अघिल्लो दिनसम्ममा श्वेतामाथि सबिनले निकै दबाब दिएको परिवारले आरोप लगाएको छ । आफ्नो फोटोहरु सार्वजनिक भएपछि श्वेताले यूएईमा रहेकी दिदीलाई सबै कुरा बताएकी थिइन् । आफूलाई सम्हाल्न नसकेपछि आइतबार साँझ स्वेताले आतमहत्याको बाटो रोजेकी थिइन् । परिवारले दिएको जाहेरीका आधारमा आरोपित युवकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको मोरङ प्रहरीका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

सम्बन्धित समाचार