free website hit counter

जसलाई देशको चिन्ताले सतायो….

beemaadmin
२०७६ चैत्र २८, शुक्रबार

दक्षिण कोरिया । अहिले कोरोना आतंकले विश्वका ठूला र शक्ति सम्पन्न भनिएका मुलुकहरु समेत आतंकित र कोरोनासँग पराजित भइरहेका छन् । नेपाल जस्तो अल्पविकसित मुलुकलाई कोरोनाको आतंकबाट बचाउन सरकार मात्रै होइन सबै क्षेत्रबाट हरसम्भव प्रयास जारी नै रहेको छ । कोरोनाविरुद्धको अभियानका लागि दक्षिण कोरियाका नेपालीहरुले नेपाललाई चार हजार कोरोना टेष्टिङ किटसहित ७५ लाखभन्दा बढीको औषधिजन्य सामग्री पठाएका छन् । कोरोना भाइरसबाट विश्व त्रसित भइरहेका बेला दक्षिण कोरियामा रहेका नेपालीले नेपालमा संक्रमण देखा पर्नुपूर्व नै सम्भावित जोखिमलाई ध्यानमा राखेर ‘एक व्यक्ति, एक हेल्थ किट अभियान’ सुरु गरेका थिए । गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको संयोजन तथा स्वतन्त्र अभियन्ताहरुको सहकार्यमा अभियान सुरु गरिएको थियो । अभियान सुरु गरेको चार दिनमै १४ करोड २६ लाख ३७ हजार सात सय ७९ वोन अर्थात् एक करोड ४० लाख ७९ हजार सात सय ७५ रुपैयाँ संकलन भएको थियो । मातृभूमिमा परेको विपतको घडीमा सहभागी भई प्रतिव्यक्ति २० हजार वोन बराबरको किट खरिद गरी सहयोग गर्न कोरियावासी नेपालीहरुलाई एनआरएनएले आग्रह गरेको थियो । कोरियामा उत्पादित किटले कोरोना लागे नलागेको तीन घण्टामा नतिजा दिन्छ । यसको मूल्य प्रतिकिट २० डलर पर्छ ।
किटका लागि कोरियामा रहेको सम्बन्धित कम्पनीसँग सम्झौता भएलगत्तै किट खरिद गर्न नेपालीहरु सक्रिय भएर लागिपरेका थिए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार