थोरै योगदान रकम वा बीमा शुल्क ले धेरै आर्थिक क्षतिको भर्थेग गरि कसैको आर्थिक जीवनस्तर खस्कनु नदीइ कम्तिमा एथास्थितिमा कायम राख्नु बिमाको प्रमुख उद्देश्य हो । जीवन बीमाको कतिपय अवस्थामा व्यक्तीको बदला पैसा हुँदा केही फरक अनुभुती भएपनि आर्थिक टेवा पुगेकै हुन्छु।
निर्जीवन तथा स्वास्थ्य बीमामा पनि यसको महत्व त्यति नै बढी हुँदा हुँदै पनि यसको विस्तार तीव्ररुपमा हुनसकेको छैन। राज्य वा सम्बन्धित संघसंस्थाहरु, व्यवसायिक कम्पनीहरु ले बिमा तथा सामाजिक सुरक्षाको योजनाहरु प्रचारप्रसार गरी कुनै न कुनै रूपमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रत्येक नागरिकलाई सहभागी गराइनुपर्दछ।
जति बढी विकसित राष्ट्र उति बढी बीमाको दायराभित्र
राज्य सफल र विकसित हुनलाई बिबिध संयन्त्रको उपयोग गर्नुपर्दछ। यसैअन्तर्गतको एउटा संयन्त्र बिमा हो। विकसित राष्ट्रमा आम्दानीको धेरै हिस्सा कर र विविध शुल्कहरूमा खच् गरिन्छ जब आधारभूत आवश्यकताको महसुस हुन्छ राज्य जिम्मेवार बनेर व्यक्ति को जीवनमा आइपर्ने सानातिना समस्या समाधानको लागि राज्यले विभिन्न कोष हरु को स्थापना गरेको हुन्छ। बीमालाई बुझ्न भन्दा पहिला देखि नै सामाजिक सुरक्षा परिकल्पना गरिएको थियो यसैगरी विकसित राष्ट्रहरुले सामाजिक सुरक्षा र बीमा योजनाहरुलाई नागरिकको प्रत्येक तह तप्कामा पुर्याउन प्रयास गरिरहेका हुन्छन्।
विकसित राष्ट्रहरूको प्रत्येक अङ्ग क्षेत्र व्यवसाय बीमा रहित र सामाजिक सुरक्षा बाहेक हुनसक्दैन। अहिले के स्पष्ट हुन्छ भने समाज विकास र निर्माणमा बीमाको प्रमुख दायितव छ भने बुझ्नुपर्छ।
सामाजिक सुरक्षा र अन्तर्राष्ट्रिय अभ्यास
मानव सभ्यताको विकासक्रमसँगै राज्य संचालक हरु पनि उत्तरदायी बन्दै गए। आफ्नो देशको नागरिकलाई सक्षम सुरक्षित र उदाहरणीय कसरी बनाउने भनेर नय नय संयन्त्र र विधि विकास गर्न थाले। यसको फलस्वरूप आफूले नागरिकको सामाजिक रूपमा व्यवस्थित र सम्मानजनक होस् भनेर बेलायतले १६औं शताब्दीतिर सामाजिक सुरक्षा कार्यक्रमहरु सुरु गरेको थियो जसमा र बृद्धहरुलाई बस्ने स्थान र बेरोजगारहरुलाई रोजगारीको व्यवस्था गरिएको थियो । त्यसको केही समयपछि जर्मनीको गत सन् १८८९ मा बुढापाकाको बीमालाई बीमालाई सामाजिक सुरक्षााको नाममा प्रयोगमा ल्यायो।
यसको लगत्तै अमेरिकातिर सामाजिक सुरक्षाको प्रभाव पर्न थालयो । सन् उन्नाइस सय ३५ मा अमेरिकी राष्ट्रपति फ्रेडरिक रुजवेल्ट द्वारा औपचारिक रुपमा सामाजिक सुरक्षा कोष सुरुवात गरेको पाइन्छ। १९ औं शताब्दीको आसपासमा युरोपतिर सामाजिक सुरक्षा अन्तर्गतका धेरै प्रयासहरु यत्रतत्र गर्न थालियो। दोस्रो विश्व युद्ध सकेलगत्तै वा सन् उन्नाइस सय ४५ पछि विश्व मानव समुदायमा देखिएको अङ्गभङ्ग अशक्तता को कारणले सामाजिक सुरक्षाको महत्त्व झन् बढ्न गइ यसको देखासिकी अन्यत्र पनि गर्न थालियो। विश्वयुद्ध भन्दा पहिले नै स्वीडेन, नर्वे,डेनमार्क, फिनल्यान्ड, आईसल्याण्ड जस्ता देशहरूले हामी छिक सुरक्षा योजना लागू गरिसकेका थिए। जबकि सन् १९७० मा स्वीडेन विश्वको तेस्रो धनी देश हुन सफल भएको थियो भने १९ सय ८० तिर बिमाको सबै स्वरुप लागू गरिसकेको थियो।
हाल स्वीटजरल्याण्ड लगायतका विकसित देशहरुमा सुरक्षा अन्तर्गतका बीमा वा योजनाहरु अनिवार्य प्राय छन् तर नागरिकले योगदान रकम वा बीमा शुल्क प्रत्यक्ष रुपमा तिर्नुपर्दैन। राज्यले कुनै निकाय वा कर सग जोडेर उक्त रकम असुलिरहेको हुन्छ भने नागरिकहरूको रोजगार, आबास उपचार लगायतका आधारभूत आवश्यकता परिपूर्ति गर्न का लागि चिन्तित हुनु पर्दैन।
वीमा र सामाजिक सुरक्षा
योजना यी दुई शब्दहरु एक-अर्काका परिपूरक हुन्। हामो् जस्तो विकासोन्मुख देशहरूमा अझैपनि अभ्यासको रुपमा वीमा र सामाजिक सुरक्षा योजना देखिन्छ।बीमा निश्चित उमेर, समूह रकम र अबधिको हुनेहुँदा सुविधाहरु त्यसै अनुसारका निश्चित वा फिक्स हुन्छन्। समाजिक सुरक्षा वा कल्याणकारी योजना केही फराकिलो हुन्छ।
मानिस हरु समाजिक रुपमा बसोबास गर्दा आइपर्ने झन्झट दुखजिलोलाइ सहजीकरण गर्नलाई कल्याणकारी योजना बढी प्रभावशाली देखिन्छ। यसमा सुविधाको अवधि, सुविधा रकम, सुविधाको छनौट आदि औंलाई रहन पर्दैन। राज्यको नियम कानुनअनुसार आफै उपलब्ध हुनेछन्। बीमामा जोखिम वहन गरी व्यवसाय सञ्चालन गर्ने उद्देश्य रहन्छ भने सामाजिक सुरक्षा योजनामा व्यक्ति व्यक्तिबीचको असमानता हटाउने, गरिबी न्यूनीकरण गर्ने, गुणस्तरीय जीवन यापन गराउने आदि पर्दछन्।
नेपालमा सामाजिक सुरक्षा योजनाको अभ्यास
राणा प्रधानमन्त्री चन्द्रशमशेरले विक्रम संवत् १९९१ मा सैनिक द्रव्यकोषको स्थापना गरेभने विक्रम संवत १९९३ मा अवकाशप्राप्त निजामती कर्मचारीहरूले निवृत्तिभरण पाउने व्यवस्था गराइ सामाजिक सुरक्षाको एउटा पाटो सुरुभएको पाइन्छ। विक्रमसंवत् २०१९ मा संचय कोष ऐन लागु भयो भने ४७ मा नागरिक लगानी कोषको स्थापनाको भयो यसले श्रमिक तथा कर्मचारीहरुलाई गत गर्न अभिप्रेरित गर्यो।
विक्रम संवत २०५१ मा वृद्धभत्ता र त्यसपछि विभिन्न वर्ग पिछडिएको समूहहरूलाई भत्ताको व्यवस्था गरी सामाजिक सुरक्षामा नयाँपन थप्यो । श्रम एन २०७४ लागू गरेको गरेपछि रोजगारदाताले सञ्चयकाेष बापतकाे रकम सामाजिक सुरक्षा कोषमा जम्मा गरिदिनुपर्ने, वार्षिक १ लाख सम्म औषधोपचार खर्च र सात लाख सम्म दुर्घटना बीमा गरिदिनुपर्ने लगायतका ब्यबस्था भयो। सामाजिक सुरक्षा योजनाअन्तर्गत आधारभूत पारीश्रामिक को ११ प्रतिशत श्रमिकको तलब बाट र २० प्रतिशत रोजगारदातालेथप गरी ३१ प्रतिशत रकम जम्मा गर्नु पर्दछ। यस योगदान रकम बाट निम्न अनुसारको सुबिधा श्रमिकले पाउँदछन्। औषधोपचार, स्वास्थ्य र मातृत्व सुरक्षाको लागि १ प्रतिशत दुर्घटना तथा पूर्व अक्षताका सुविधा १.४० प्रतिशत, वृद्धावस्था सुरक्षाको लागि २८.३३ प्रतिसत, आश्रित परिवारको लागि ०.२७ प्रतिसत यसरी सामाजिक सुरक्षा कोषमा जम्मा हुने रकममध्ये २.६७ प्रतिशत बीमा शुल्कको रुपमा प्रयोग भइ २८.३३ प्रतिशत निवृत्तिभरणमा गइ जम्मा ३१ प्रतिशत योगदान मिल्छ ।