free website hit counter

जागिरबाट निकाल्ने धम्की दिँदै यस्ताे हर्कत

beemaadmin
२०७७ जेष्ठ ३२, आईतवार

विराटनगर । यौन दुव्र्यवहारका घटनामा अझै कमी आउन सकेका छैनन् । यस्ता घटना टोलैपिच्छे हुने गरेका छन् । कतिपय घटना सामसुम हुने गरेको छ भने केही प्रतिनिधि घटना मात्रै बाहिर आउने गरेका छन् । पाँच महिला कामदारमाथि यौन दुर्व्यवहार गरेको आरोपमा सुनसरी दुहबीस्थित पशुपति इन्डस्ट्रिजका प्रडक्सन इञ्चार्ज पक्राउ परेका छन् । रातको समयमा ड्युटीमा खटिने महिला कामदारलाई पटक पटक यौन दुर्व्यवहार गरेको आरोपमा भारत राजस्थान घर भई सुनसरी दुहबी बस्दै आएका २४ वर्षका पवन शर्मा जनगिरलाई इलाका प्रहरी कार्यालय दुहबीले पक्राउ गरेको हो । शर्मा उक्त उद्योगको सिल प्याक विभागका प्रडक्सन इञ्चार्ज हुन् । प्लास्टिकका बोरा, त्रिपाललगायत सामग्री बनाउने काममा खटिने कर्मचारीलाई र यौन दुर्व्यवहार गरेको उजुरी परेपछि पक्राउ गरेको इलाका प्रहरी कार्यालय दुहबीले बताएको छ । पक्राउ परेका शर्मालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए । शर्माले महिला कामदारलाई संवेदनशील अंगमा छुने र शारीरिक सम्पर्कका लागि बारम्बार दबाब दिने गरेको भनी प्रहरीमा उजुरी परेको थियो ।
मदिरा सेवन गरी काम गरिरहेको ठाउँमा आएर संवेदनशील अंगमा छुन खोज्ने शर्माले कर्मचारीले प्रतिरोध गर्दा जागिरबाट निकाल्ने धम्की दिने गरेको बताइएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार